आफ्नै भाषा बोल्न थाले रोबोट, आत्तियो फेसबूक



केही दिनअघि टेस्ला कम्पनीका प्रमुख एलन मस्कले फेसबूकका सहसंस्थापक मार्क जुकरबर्गलाई कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (रोबोट) का बारेमा केही थाहा छैन भनेका थिए ।

यो कुरा सत्य साबित भयो । फेसबूकले आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम बन्द गर्नुप–यो किनकि उसले त्यसलाई नियन्त्रण गर्नै सकेन ।
आर्टिफिसियल इन्टेलिजेन्स बोटले आफ्नै एउटा नयाँ भाषा कथेको थियो र त्यसमा कुनै मानवीय सहयोग थिएन ।

त्यसपछि फेसबूकले सिस्टम बन्द गर्नुपरेको थियो । बोटले नयाँ भाषा बनाउने र संवाद गर्ने काम कोडबमोजिम थिएन ।

बोटले अंग्रेजीको साटो आफ्नै भाषा प्रयोग गर्न थालेपछि फेसबूक आत्तियो । शुरुमा त रोबोटहरूले अंग्रेजी नै बोल्थे तर आफूआफूले बुझ्ने मात्र कोडको भाषा बोल्न थालेपछि फेसबूकले रोबोटलाई बन्द गराइदियो ।

जुनमा फेसबूकको आर्टिफिसियल रिसर्च ल्याबका अनुसन्धानकर्ताहरू च्याटबोटलाई सुधार गर्नमा व्यस्त हुँदा डायलग एजेन्टहरू आफ्नो भाषा तयार गरिरहेका थिए । तर रोबोटहरूको ध्यान स्क्रिप्टबाट हट्न थाल्यो अनि उनीहरू अरू कसैले नबुझ्ने नयाँ भाषामा कुरा गर्न थाले ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्