जनप्रतिनिधिको टोली तिब्बततिर



 

नेपाल समाचारपत्र
मुगु
तिब्बतसँगको व्यापारिक सम्बन्ध सहज बनाउन मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख छिरिङ क्याप्ने लामासहितको टोली तिब्बततिर गएको छ।

उक्त टोलीले तिब्बतको स्थानीय जनसरकारसँग मुगु र तिब्बतको व्यापार सम्बन्ध विस्तार विषयमा छलफल गर्नेछ। मुगु र तिब्बतको अवैध रूपमा सञ्चालन हुँदै आएको हाटबजारलाई स्थायी बनाउन छलफल गर्ने भएको छ।

तिब्बतले मुगुम कार्मारोङ गाउँपालिकाका बस्तीहरूलाई अनुदानस्वरूप दिँदै आएको खाद्यान्नको विषयमा वार्ता हुने गरिने टोलीले जनाएको छ। निर्माणाधीन मुगु तिब्बत सडकका विषयमा तिब्बत सरकारसँग कुरा राख्ने जनाएका छन्।
छिमेकी राष्ट्र तिब्बतसँगको व्यापारिक सम्बन्ध दिगो सुमुधर बनाउन र बिकासको सहयोग माग्न जनप्रतिनिधिको टोली तिब्बततर्फ लागेको गाउँपालिका प्रमुख लामाले जानकारी गराए।

हरेक वर्षको साउनमा मुगु र तिब्बतको सीमा क्षेत्र हयाजिमारमा अस्थायी हाटबजार लाग्ने र मुगुसहित अन्य जिल्लाका स्थानीयबासी खाद्य, लत्ताकपडा, मदिरा, च्याङ्ग्रा किन्न जाने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्