श्रीमानको यातनाले ओढारको बास, चार बर्ष देखि बिमला ओढारमा



सलिम अन्सारी, प्यूठान ।
श्रीमानको अपहेलना सहन नसकेपछि प्यूठानको स्वर्गद्धारी नगरपालिका ५ सारी गाउँकी बिमला बिक ओढारमा रात काटर्दै आएकी छिन । प्यूठान र रोल्पाको सिमास्थल लुग्री नदि किनार नजिकको बगुवा ओढारमा उनले बिगत चार बर्ष देखि आश्रय लिदै आएकी हुन ।

घरमा बस्दा श्रीमानले दिनहुँ शारिरिक तथा मानसिक यातना दिने र आफु बसेको घरमा समेत आगो लगाइदिने सम्मका दुर्वयव्हार गर्न थालेपछि आफुले घर छोडन बाध्य भएको ४२ बर्षिया बिकले बताइन। बिगत चार बर्ष देखि यसरी नै ओढारमा बस्दै आएको उनको भनाइ छ ।

गाउँले समेत मानसिक सन्तुलन गुमाएको भनेर आरोप लगाउन थालेपछि घरबाट निस्केको हुँ उनले भनिन श्रीमानको यातना र गाउँलेको अपमान मैले सहन सकिन। ओढारबाट उद्धार गरि घर लगेपनि माइतीले समेत राम्रो ब्यबहार नदेखाएपछि फेरी यही ओढारमा आएर आश्रय लिन थालेको उनले सुनाइन। रोल्पा जिल्लाको सेरागँ गाबिस घुसवागँ माइत रहेकी उनको प्यूठान सारीका स्थानीयसँग बिबाह भएको स्थानीय बताउँछन ।

बिकले आफुलाइ घरमा बस्ने बाताबरण नभएको बताइरहदा उनका श्रीमान बसन्त नेपालीले पटक पटक ओढारबाट घर लगेपनि उनि घरमा बस्न नमान्ने भएकाले समस्या भएको बताउँछन। उनि रातको समयमा ओढारमा बसेपनि दिनभर जसो नै काममा व्यस्त हुन्छिन । नजिकैको गाउँमा ज्याला मजदुरी गरेर उनको दिनचर्या बित्छ ।

मजदुरी गरेर प्राप्त पैसाले उनि आफनो साझ बिहानको गर्जो टार्छिन। कहिलेकाही काम गर्न नपाउँदा भोकै बस्नुपरेको उनले समाचारपत्रसँग बताइन ।

प्रतिक्रिया दिनुहोस्