राजपा पर्सामा भांडभैलो



कृष्णउदास खनाल, वीरगन्ज । राष्ट्रिय जनता पार्टी नेपाल पर्सा जिल्लामा नेतृत्व हत्याउने बिषयमा भांडभैलो भएको छ ।  वीरगन्जमा दुई खेमाले फरक फरक रुपमा भेला गर्दै अध्यक्ष तोकेपछि राजपाभित्र भांडभैलो भएको हो ।

आइतबार वीरगन्जमा सम्पन्न भएको भनिएको भेलाले प्रेमबावु पटेललाई अध्यक्ष मंडलको संयोजक बनाएपछि विवाद सतहमा आएको हो  । अध्यक्ष मण्डल सयोजक परिवर्तन भएको समाचारको खणडन सोमबार एक प्रेस विज्ञाप्ति मार्फत राष्ट्रिय जनता पार्टी नेपालको अर्को पक्षले गरेको छ । राष्ट्रिय जनता पार्टी नेपाल पर्साको सोमबार सम्पन्न बैठकले अध्यक्ष मण्डलका संयोजक पुरुषोत्तम लाल झा नै रहेको झा पक्षले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

यद्यपी आइतबार राष्ट्रिय जनता पार्टी नेपाल पर्सा जिल्लाको बैठकमा अध्यक्ष मण्डलका अध्यक्ष प्रेमबाबू पटेल, कृष्ण पटेल, उपाध्यक्ष ईश्वरचन्द्र यादव, शिवशंकर प्रसाद आर्य, मदन यादव, नूर आलम अन्सारी, राजनारायण मिश्रा, मेघराज यादव, सचिवहरु उमेशलाल सहनी, श्रीराम गिरी, शेष समीर, धर्मेन्द्र पटेल, शिवशंकर ठाकुर, विनोद कुशवाहा, सदस्य ओमराज यादव, वकिल हवारीलगायतका बैठकले पुरुषोत्तम लाल झाको २ महिनाको कार्यकाल समाप्त भएको हुँदा संयोजकमा प्रेमबाबू पटेललाई बनाइएको प्रेस विज्ञाप्ति मार्फत जनाइएका थियो ।

राष्ट्रिय जनता पार्टी नेपाल पर्साको अर्का पक्षले जिल्ला संयोजक पुरुषोत्तम लाल झाको अध्यक्षमा पार्टी कार्यालयमा बसेका कैठकमा ईमदाद गद्दी, बीरेन्द्र यादव,मुस्तकीम संसारी लगायतका बैठकबाट राष्ट्रिय जनता पार्टी नेपाल पर्साको आइतबारो प्रेस बिज्ञपती प्रती आपती जनाउदै पार्टीलाई बदनाम गर्ने नियतले गरेको कार्यमा संनलगनलाई पार्टीबाट अनुसासनको कार्यवाहीको लागी सिफरिस गर्ने साथै केन्द्रिय कार्यसमितीको बिस्तारित बैठक साउन २२ गते हुने हुंदा बैठक समापन पछि पुन जिल्लाको सयोजक बिषयमा छलफल गर्ने र अर्को निर्णय नहुन्जेल सम्म आफू नै अध्यक्ष मंडलको संयोजक रहेको झाले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ ।

झा तराई मधेश लोकतान्त्रिक पार्टीका तत्कालिन केन्द्रीय सदस्य थिए भने प्रेमबावु पटेल शरदचन्द्र भण्डारीको तत्कालिन राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य थिए । स्थानीय तहको निर्वाचनको संघारमै राजपाभित्र विवाद उत्पन्न भएपछि अन्य राजनीतिक दललाई भने पर्सामा फाइदा हुने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्