ताप्लेजुङमा इतिहाँसकै धेरै डाक्टर



 

रविन भट्टराई,ताप्लेजुङ ।
पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङमा इतिहाँसकै धेरै डाक्टर भेला भएका छन । जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा गरी हाल १० जना डाक्टरहरु कार्यरत रहेका छन ।

जिल्ला जनस्वास्थ्य कार्यालय प्रशासन शाखाका अनुसार सदरमुकाम फुङलिङमा रहेको अस्पतालमा ७ र गाउँका प्राथमिक स्वास्थ्य केन्द्रमा तीन जना कार्यरत रहेका छन । गाउँमा, ढुङगेसाँघु र तेल्लोकमा डाक्टरको दरवन्दी भएको स्वास्थ्य केन्द्र रहेका छन ।

निजीमा समेत गरी जिल्लामा १२ जना डाक्टर भएका छन । तमोर हस्पिटल प्राली र शाक्य मेडिकल हललेपनि एक–एक जना डाक्टर राखेका छन् ।

जनस्वास्थ्य कार्यालयका प्रशासन प्रमुख सुरेन्द्र चौधरीका अनुसार सिरिजंघा गाउपालिकाको तेल्लोक केन्द्रमा कृष्णकुमार शाह र मनोज चौधरी मैवाखोलाको ढुङगेसाँघु प्राथमिक केन्द्रमा विनोद शाह कार्यरत छन ।

जनस्वास्थ्य समेत हेर्नेगर्ने अस्पताल प्रमुखमा दिग्वीजय ठाकुर रहेका छन । दिपक बञ्जाडे, भुपाल न्यौपाने, लिलामणी राजथला, रञ्जितराज पाठक, सोनिङ लामा अस्पतालमा कार्यरत डाक्टर हुन ।

एनएसआइ परियोजना अन्तगर्त डाक्टर उत्तम पच्या र रञ्जितराज पाठक कार्यरत छन । करार र परियोजनामा पाँचजना डाक्टर छनभने बाँकी दरबन्दीका हुन । यसअघि २०६६ सालमा प्राथमिक केन्द्रमा समेतगरी ६ जना डाक्टर रहेको अस्पतालले जनाएको छ ।

धेरै डाक्टर सँगै प्रशुती लगायतका सल्यक्रिया सेवा प्रवाह हुँदै आएको छ । जनरल तर्फ हाइड्रोसिल र हर्नीयाको सल्यक्रिया हुने गरेको छ ।

अर्थोपेडिक्स न्युरो तर्फ खुस्केको, फ्याक्चर भएको प्लाष्टर गरेर जोड्ने तथा मसनको जरा काटेर आएका बिरामीको जोड्ने काम हुने डाक्टर उत्तम पाच्याले बताए । पाच्याले रेफर गरेरपनि गन्तब्यमा पुर्याउने अवस्था नभएका विरामीलाइ सल्यक्रिया मार्फत बचाएको बताए ।

‘सुरुमात बिरामी र आफन्तलाइ कन्भिन्स गर्नै गाहेभयो,’ पाच्याले भने, ‘अहिले सबैले बुझेपछि वाहिर जान छोडे ।’ जिल्लामै सल्यक्रिया हुनथालेपछि बिरामी र आफन्तको खर्च बचत हुनथालेको छ ।

यहाँबाट बिरामीहरु धरानको विपि मेमोरियल, बिराटनगर लगायतका अस्पतालमा जान बाध्यथिए । सामान्य सल्यक्रियाकालागिपनि कतिपय काठमाण्डौनै पुग्नेगरेका थिए । १५ शैया रहेको अस्पतालमा इमर्जेन्सी लगायतका सेवा २४ सै घण्टा प्रवाह हुँदै आएको छ ।

फुुङलिङ नगरपालिकाका निबर्तमान अध्यक्ष प्रजापती काफ्लेका अनुसार एक दशकअघिसम्म मात्रैपनि डाक्टरलाइ देख्नपाउनु भाग्यमानी ठान्नु पथ्र्यो । अहेवलाइ स्वास्थ्य जाँच गराउन पालो पर्खनुपथ्र्यो ।

‘बेलाबेलामा एक जना डाक्टर आउथे, तर उनलाइ निकै पहुँच भएका ब्यत्तिले मात्रै उपचार गराउन पाउथे,’ काफ्लेले भने, ‘कार्यालय प्रमुख नाम चलेकाले मात्रै डाक्टरलाइ उपचार गराउथे ।’ काफ्लेकै अनुभुतीमा अहिले हरेक विरामीले डाक्टरलाइ जचाउन पाएका छन । यातायातको सुविधा नभएको जिल्लामा डोको, ढाकर र डोलिमा बोकाएर बिरामी ल्याउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्