पुलबाट हामफालेर आत्महत्या



 

नेपाल समाचारपत्र
पर्वत
नेपालकै सबैभन्दा अग्लो कुस्मा–ज्ञादी झोलु·े पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको पहिचान खुलेको छ। पुलबाट हामफालेर आत्महत्या गर्नेमा धरान उपमहानगरपालिका–११ सुनसरीका २६ वर्षीय अकिन गुरुङ र ललितपुर उपमहानगरपालिका–१४ ढिलाहिटीकी २५ वर्षीया मुना राना रहेका छन्। पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने मुलुककै अग्लोमध्ये एक कुस्मा पुलबाट हामफालेर शनिबार राति गुरुङ र रानाको जोडीले आत्महत्या गरेको हो।

पुलबाट शनिबार राति ९ बजेको समयमा हामफालेका जोडीको शब आइबार बिहान मोदीखोला किनारबाट प्रहरीले निकालेको छ। पुलमा भेटिएको झोलामा मोबाइल, ट्रेकिङमा प्रयोग हुने खालका सामग्रीहरू रहेका छन्। मोबाइलका आधारमा आफन्तसँग सम्पर्क गरी मृतकको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए। आफन्तहरूलाई खबर गरिएको र उनीहरू आएपछि वास्तविक रूपमा पहिचान गरिने तथा अन्य कारण पनि खुल्ने उनले बताए।

दुई जोडीले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन। उनीहरू घुम्नका लागि आएका थिए। शनिबार साँझ लामो पुलपारि ज्ञादीमा बसेर रमाइलो र प्रेममय गफ गरेर चिसो खाएका जोडीले त्यही बास मागेका थिए तर यहाँ बास मिल्दैन कुस्मा जानुस् भनेपछि त्यहाँबाट हिँडेका थिए। पछि पुलमा बेवारिसे झोला रहेको खबर आएपछि प्रहरी पुगेको थियो भने आइबार बिहान स्थानीयबासीले मोदीखोला किनारमा दुई जनाको शव छ भन्ने जानकारी प्रहरीलाई दिएका थिए। शवको पर्वत जिल्ला अस्पतालमा पोस्टर्माटम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्