प्रदेश र प्रतिनिधि सभा निर्वाचन विधेयक राज्य व्यवस्था समितिमा



काठमाडौँ, १५ साउन । व्यवस्थापिका– संसद्ले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि तयार भएको विधेयक राज्यव्यवस्था समितिमा दफावार छलफलका लागि पठाएको छ ।

संसद्को आजको बैठकले गृहमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४’ र ‘प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

राज्य व्यवस्था समितिमा ती दुई विधेयकलाई थप परिमार्जन र परिष्कृत गरिनेछ । सांसदले दर्ता गराउनुभएको संशोधन प्रस्तावलाई समेत आवश्यक छलफल गरी निष्कर्षमा पु¥याइनेछ । सो विधेयकमाथि हालसम्म एक दर्जनभन्दा बढी संशोधन प्रस्ताव दर्ता भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्