कुटुमा कुटु गायिका मेलिनाले सकिनन् सुन्न



 

लोकप्रिय गीत कुटुमा कुटुकी गायिका मेलिना राईद्वारा स्वरबद्ध नयाँ गीत सुन्न सकिनँ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

कुटुमा कुटुका साथमा तिम्ले बाटो फेर्यौ अरेजस्ता लोकप्रिय आधुनिक गीतकी गायिका मेलिनाको सुन्न सकिनँ बोलको गीत तथा भिडियोलाई एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो। सुन्न सकिनँ सार्वजनिक भएसँगै मेलिनाले हरेक प्रकारका गीत गाउन सक्छिन् भन्ने उदाहरण पेस गरेकी छन्। यो प्रेम वियोगात्मक गीत हो, जसलाई मेलिनाले गायन प्रस्तुतिमा पनि त्यो भाव पस्केकी छन्।

राजेश अर्यालको शब्द र टंक बुढाथोकीको संगीत रहेको यसमा म्युजिक भिडियो निर्देशक तथा गीतकारसमेत रहेका दर्पण राई र मोडल सम्झना राईले अभिनय गरेका छन्। गीतकार दर्पण र सम्झनाका अलावा यस भिडियोमा रूपा केसीको पनि अभिनय छ। भिडियोमा दर्पण, सम्झना र रूपको त्रिकोणात्मक प्रेमकथा झल्काइएको छ।

यस भिडियोलाई शशांक कँडेलले निर्देशन गरेका छन्। चितवनमा छायांकन गरिएको सुन्न सकिनँ गीतको भिडियोलाई राजकुमार लामिछानेले खिचेका हुन् भने सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ।

प्रतिक्रिया दिनुहोस्