जडीबुटीबाट पन्ध्र लाख राजश्व



 

मनाङ, १३ साउन । यार्सागुम्बा, जिम्बु, वनलसुन, सतुवालगायत जडीबुटीबाट आर्थिक वर्ष २०७३÷७४ मा रु १५ लाख ९८ हजार राजश्व संकलन भएको छ ।

गत आवमा जिल्लामा ६२.५५ किलो यार्सागुम्बा संकलन भएको थियो । प्रतिकिलो रु २५ हजारका दरले रु १५ लाख ६३ हजार राजस्व संकलन भएको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्र्रमुख बाबुलाल तिरुवाका अनुसार जीम्बूबाट रु दुई हजार५००, वन लसुन ४६० किलोको रु ६ हजार ९०० र सतुवा १७० किलोको रु दुई हजार ५५० राजश्व संकलन भएको थियो । कुट्की, पाँचऔंले र जटामसी पनि ठूलो परिमाणमा संकलन गरिन्छ । तर कानूनी रुपमा सरकारले ती जुडीबुटी संकलनको अनुमति दिएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्