तीज अवसरमा डाबरको अफर



 

काठमाडौं, (नेस)
नारीहरुको पर्व ‘हरितालिका तीज’ को अवसरमा डाबर नेपालले आफ्नो १६औं डाबर स्पेसल तीज महोत्सव २०७४ आयोजना गर्ने भएको छ। साउन २० गतेदेखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड टावर सेन्टरको चौथौ तल्लामा मेला आयोजना हुने आयोजकले जनाएको छ।

महिला सिर्जनशील केन्द्रद्वारा हरेक बर्ष जस्तै यसबर्ष पनि महिला हित हेतुले डीईसीसी नेपाल प्रालिले आयोजना गर्न लागेको हो। महोत्सवमा महिला उद्यमीले आफ्ना उत्पादित वस्तुहरुलाई प्रदर्शनीमा राख्नेछन्। मेलाको मुख्य उद्देश्य महिला विकास र महिलाको सीपमुलक कार्यलाई उजागर गर्नु रहको आयोजकले जनाएको छ। यहाँ आउने आगन्तुकले एकै छाना मुनि तीज तथा आउने पर्वको लागि आवश्यक पर्ने विभिन्न किसिमका सरसामान किनमेल गर्न पाउने बताइएको छ।

महिला विकास र महिलाको सीपमुलक कार्यलाई उजागर गर्न आयोजना गरिएको यस महोत्वसमा विभिन्न प्रदर्शनकर्ताले विषेश छुटमा सामान उपलब्ध गराउनेछन्। तीमध्ये मुख्य आर्कषण ज्वेलरी, निःशूल्क स्वास्थ्य परीक्षण, सेल्फि कर्नर, निःशूल्क मेहेन्दि, लगाएत भारी छुट भएको आयोजकले बताएको छ।
महोत्सवमा १ सय वटाभन्दा बढी स्टल रहने छन्। मेलामा तीजलाई आवश्यक पर्ने पुजाका सामाग्री हस्तकला, साडी, कुर्था, गिफ्ट सामाग्री, मेहेन्दि, होम अप्लाईन्सेस र गृहणीलाई दैनिक आवश्यक पर्ने सामानको ज्ञान पनि पाउन सकिने छ।

प्रतिक्रिया दिनुहोस्