फ्यानसँग रिसाइन् प्रियंका



 

नायिका भएपछि सुन्दर हुनैपर्छ भन्ने धारणा आम मानिसको रहेको हुन्छ। त्यस कारण पनि हलिउड र बलिउडका हुन् या नेपालकै किन नहुन्, अधिकांश नायिकाहरु आफ्नो सौन्दर्य वृद्धिका लागि विभिन्न सौन्दर्य साधनको साहरा लिन्छन्।

सुन्दरता वृद्धिको प्रमुख उपायमध्ये मेकअप पनि एक हो। नायिका त्यसमा पनि बलिउडका बिनामेकअप सनर्वजनिक स्थानमा निकै कम मात्रामा देखिन्छन्। हालै बलिउड नायिका प्रियंका चोपडा पनि बिनामेकअप मुम्बई यएरपोर्टमा देखिइन्। जब उनका फ्यानहरुले उनलाई देखे, उनीहरुले आफ्नी प्रिय नायिका प्रियंकासँग फोटो लिन खोजे। तर, फ्यानसँग फोटो खिचाउनुको सट्टा उनी ज–जसले आफ्नो फोटो लिन खोजे उनीहरुसँग रिसाइन र फोटो लिनबाट रोकिन्। एक भारतीय अनलाइनका अनुसार उक्त समय सुन्दरी नायिका प्रियंका बिनामेकअप हिँडेकी थिइन्। पर्दामा चमकदमकका साथ देखिने उनले बिनामेकअपको आफ्नो फोटो सार्वजनिक हुने डरले आफ्नो फोटो लिनबाट रोकेको समाचारमा जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्