भ्रष्टाचार र अनियमितता हुन दिन्नँः मन्त्री केसी



 

काठमाडौं, (नेस)
नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजन केसीले खेलकुदमा भ्रष्टाचार र अनियमितता हुन नदिने बताउनुभएको छ।

बुधबार शीतल निवासमा शपथ लिनुभएपछि सिंहदरबारस्थित मन्त्रालयमा पद बहाली गर्दै मन्त्री केसीले बताउनुभयो– ‘आफू मातहतको निकायमा भ्रष्टचार र अनियमितत हुन दिन्नँ।’

‘म पनि लेखा समितिमा काम गर्दै आएको छु। खेलकुदका अनियमितताका विषयमा मलाई पनि थाहा छ। पार्टीमा म निस्कलंक र इमानदार कार्यकर्ताका रूपमा स्थापित छु। त्यसैले मलाई पार्टीले जिम्मेवारी दिएको हो। आफ्नो जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध भएर अगाडि बढ्नेछु।’ –उहाँले बताउनुभयो।

दोस्रो संविधानसभा २०७० मा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० बाट निर्वाचित ५९ वर्षीय चोभार निवासी केसी राजनीति करियरमा पहिलोपटक मन्त्री बन्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्