विवाह गर्दै सोनाक्षी !



बलिउड । के बलिउडकी दवंग नायिका विवाह बन्धनमा बाधिन लागकै हुन छ ? बलिउडमा यस्तै हल्ला चलिरहेको छ । बलिउडलाइफडटकमले दिएको रिर्पोटमा सोनाक्षी सिंहा आफ्नो कथित बोइफ्रेण्ड सचदेवसँग विवाह गर्न तयारी गरेको बताइएको छ ।
सोनाक्षी र बन्टी पछिल्ला केही वर्षदेखि सम्बन्धमा रहेका छन् । स्रोतका अनुसार उनीहरु छिट्टै नै विवाह बन्धनमा बाधिने तयरीमा छन् ।
रिर्पोटका अनुसार सोनाक्षी आफ्ना इण्र्डोसमेन्टका कामहरु छिटो सक्ने तयारीमा लागिरहेकी छिन् । आफ्नो निजी जीवनमा समय दिनका लागि पनि उनले हतार हतार काम सक्न खोजेकी हुन् ।
बन्टीले सोनाक्षीलाई विवाहको लागि प्रस्ताव गरेका थिए । प्रस्ताव स्विकार गर्दै उनले विवाह गर्ने सहमति दिएकी हुन् । तर, सोनाक्षीको व्यस्तताका कारण उनले छिट्टै विवाह गर्ने सम्भावना भने निकै न्युन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्