पवित्रस्थलबाट मेटल डिटेक्टर हटाउने इजरायलको निर्णय



 

जेरुसलम, (एजेन्सी)
इजरायलले जेरुसलमको पवित्रस्थल हरम अल सरिफ नजिकै राखिएको मेटल डिटेक्टर हटाउने फैसला गरेको छ। त्यसको स्थानमा सुरक्षालाई चुस्त पार्ने कम बाधा पुर्याउने अन्य व्यवस्था गर्ने जनाएको छ।

इजरायली बेन्जामिन नेतान्याहुको सुरक्षा क्याबिनेटले उक्त निर्णयलाई अनुमोदन गरेको छ। सुरक्षा क्याबिनेटले निगरानीका लागि सुरक्षा संस्थानहरूको सल्लाह मानेको र मेटल डिटेक्टरको स्थानमा निगरानीका लागि आधुनिक प्रविधिको प्रयोग गरिने इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।
जुलाई १४ मा उक्त पवित्रस्थल नजिकै दुई इजरायली प्रहरी अधिकारीहरूको हत्यापछि तनाव बढेको थियो। मुस्लिमहरू यो पवित्र स्थानलाई हरम अल सरिफ भन्छन् र यहुदी यसलाई टेम्पल अफ माउन्ट भन्ने गर्छन्।

मध्यपूर्वका लागि संयुक्त राष्ट्रका दूतले हालैको तनाव प्राचीन शहर जेरुसलमबाट बाहिर पनि फैलिन सक्ने चेतावनी दिएको थियो। इजरायली अधिकारीहरूले बन्दुकधारीहरूले आफ्ना हतियारभित्र लुकाएर ल्याउने गरेकोले सुरक्षा कडा गर्नुपरेको बताएका थिए। तर यसको विरोध व्यापक विरोध भएपछि शुक्रबार भएको झडपमा तीन जना प्यालिस्टिनी मारिएका थिए।

सोमबार मात्रै उक्त तनावलाई लिएर जोर्डनको राजधानी अम्मानस्थित इजरायली दूतावासमा भएको एक आक्रमणमा एक जनाको मृत्यु भएको थियो। उक्त आक्रमणमा एक इजरायलीसहित दुईजना घाइते भएका थिए। त्यसैगरी पवित्रस्थल हरम अल सरिफमा भएको छुरा आक्रमणमा दुई इजरायली सैनिक मारिएको थियो।

विवादास्पद मेटल डिटेक्टर हटाउने निर्णयका बाबजुद जेरुसलममा मुसलमानहरू पवित्रस्थलको बहिस्कार गरिरहेका छन्। टम्पल अफ माउन्ट अर्थात् हरम अल सरिफ नामले चर्चित उक्त पवित्र स्थलको प्रवेशद्वारमा मेटल डिटेक्टर लगाइएको थियो।

प्यालिस्टिनी विधायक परिषद्का सदस्इ डाक्टर मुस्तफा बोगुटीले इस्लामी नेताहरू त्यहाँका सम्पूर्ण अतिरिक्त सुरक्षा हटाएपछि मात्र फर्कने बताए। उनले भने– ‘धार्मिक नेता उक्त निर्णयको जाँच गरिरहेका छन्। उनीहरू त्यस क्षेत्रबाट मेटल डिटेक्टर र अन्य सबै क्यामरा इजरायलले हटाएको हो वा होइन, जाँच गरिरहेका छन्। जुन जुलाई १४ पछि लगाइएको हो। आश्वस्त भएपछि उनीहरू मस्जिद जानेछन्।

प्रतिक्रिया दिनुहोस्