ललितपुर प्याब्सन क्षेत्र नम्बर ५ द्वारा सम्मान



नेपाल समाचरपत्र,ललितपुर
ललितपुर प्याब्सन, क्षेत्र नम्बर ५ ले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, उपमेयर गीता सत्यालका साथसाथै वडा नम्बर १, २, ३, ४ र १३ का निर्वाचित अध्यक्ष तथा सदस्यहरूलाई सम्मान गरेको छ।

सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले शिक्षामा सुधार ल्याउन निजी तथा सरकारी विद्यालयहरूको समन्वय तथा सहकार्य हेतु प्याब्सनका विज्ञहरूबाट परामर्श लिई दुवैको अस्तित्वका लागि स्थानीय निकायबाट कार्यान्वयन गरिने बताउनुभयो। उहाँले स्थानीय सरकारले संस्थागत विद्यालयको भौतिक विकासका लागि सहयोग गर्ने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि सांसद तेजुलाल चौधरीले निजी र सरकारी विद्यालयबीच देखिएको विभेदकारी नीतिको अन्त्य गरिनुपर्ने बताउनुभयो।

कार्यक्रममा ललितपुर प्याब्सनका अध्यक्ष शिवकार्की र डीएभीका अध्यक्ष अनिल केडियाले निजी र सरकारी समन्वय आवश्यक रहेका औंल्याउनुभयो। क्षेत्रीय संयोजक विनयप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्षेत्रका करिब ३२ विद्यालयका निर्देशक, संस्थापक प्रिन्सिपल, प्याब्सन पदाधिकारी तथा विद्यालय प्रतिनिधहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्