प्रभु ग्रुपको नेपाली शिक्षा प्रणालीलाई डिजिटल बनाउने लक्ष्य



काठमाडौं, (नेस)
प्रभु ग्रुपले ई–शिक्षा अनलाइन पोर्टल नेपालमा ल्याएको छ। भारतलगायत अन्य तीन देशमा सफल भइसकेको ई–शिक्षा पोर्टल भारतीय युवा प्रतिनिधिको सहकार्यमा नेपाल भित्र्याइएको हो।

ई–शिक्षा अनलाइन शिक्षा प्रणाली हो। ई–शिक्षा डटकम वेबसाइट रहेको उक्त पोर्टल नेपालमा अनलाइन शिक्षाका लागि बहुउपयोगी हुने जनाइएको छ। ई–शिक्षा डटकम तथा मोबाइल एपका माध्यमबाट विद्यार्थीको सबै सूचना एउटै एप तथा साइटमा उपलव्ध हुने बताइएको छ। पोर्टलको प्रयोगसँगै असाइन्मेन्ट, एटेन्डेन्स, लाइबेरी, रिजल्ट सबै एकै एपमा उपलब्ध हुने भएको हो।
पोर्टलको प्रयोगले शैक्षिक निकाय तथा कर्मचारीलाई कार्यभार कम हुने तथा उत्पादनशीलता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

पोर्टल लन्च कार्यक्रममा बोल्दै प्रभु म्यानेजमेन्टकी सीईओ कुसुम लामाले नेपालका अधिकांश प्रविधिमैत्री नभएको अवस्थामा पार्टको माध्यमबाट शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन सकिने बताउनुभयो।

समूहले नयाँ प्रविधीलाई उपत्यकासहित गाउँ–गाउँसम्म पु¥याउने लक्ष्य लिइएको छ। विद्यालय तथा समग्र शैक्षिक क्षेत्रलाई डिजिटल बनाउने समूहको लक्ष्य छ। कार्यक्रममा बोल्दै प्रभु बैंकका सीईओ अशोक शेरचनले यस कार्यक्रममार्फत् बैंकको सामाजिक उत्तरदायित्वको काम गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्