स्याल र बैंस



बैंसमा स्याल पनि घोर्ले हुन्छ भनेको धरहराले सुन्दै आएको हो। हो पनि स्याललाई बैंस आएपछि के के गर्छ गर्छ। तर राजधानीमा अहिले बैंस आएपछि केही महिलाहरूले देखाएको हर्कत देखेर भने धरहरालाई लाज लागेको छ।

सोमबार एका बिहानै त्रिपुरेश्वरमा दुई युवतीहरू शरीरमा जम्मा जम्मी आधा मिटर कपडाले ढाकिएका छन्। तर उनीहरू होसमा छैनन्। एकले अर्कालाई टेको दिएर हिँडेका छन् सडकमा।

उनीहरूलाई कुनै भद्र भलादमीले सडकमा ल्याएर छोडिदिएका हुन्। उनीहरूले अर्धबेहोस अवस्थामा बोलेको कुरा सुन्न सकिने अवस्था पनि थिएन। उमेरले १७ टेकेकी ती दुई युवतीको हर्कत देखेपछि एक महिलाको टिप्पणी थियो– हरे दैव यो के देख्नु परेको होला?

कस्ता मोरी होलान् यी केटीहरू भन्दै सरापेको दृश्यले भने धरहरालाई एकछिन सोच्न बाध्य बनायो। हैन के भाको हो आजकल बुझ्न झन् कठिन छ।

प्रतिक्रिया दिनुहोस्