छोटो दौडमा बोल्टको वर्चश्व



 

मोनाको, (एजेन्सी)
युसेन बोल्टले मोनाको डायमन्ड लिगअन्तर्गत १ सय मिटर दौडमा स्वर्ण जितेर छोटो दौडमा आफ्नो वर्चश्व कायमै राखेका छन्। शुक्रबार राति मोनाकोमा भएको १ सय मिटर दौड जमैकन स्टारले ९ दशमलव ९५ सेकेन्डमा पूरा गरेका हुन्। यो उपाधिले आगामी अगस्टमा लन्डनमा हुने विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा आफ्नो उपाधि जोगाउन उनी तयार रहेको पनि संकेत दिए। बोल्टले लन्डन विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा करिअरको अन्तिम दौड लगाएर अन्तर्राष्ट्रिय करिअर समाप्त गर्ने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्