मतलवी शहर



जसलाई जे मन लाग्यो त्यही गर्न पाइन्छ हजुर यो शहरमा, कसलाई के भन्ने के नभन्ने केही मतलव नभएको मतलवी शहर हो काठमाडौं। यस्तैयस्तै निराशा र चिन्ता व्यक्त गर्नेहरूको संख्या राजधानीमा बढ्दो अवस्था रहेको छ। तर जसले जति चिन्ता व्यक्त गरे पनि यस्ता विषयवस्तुले भने कहिले छोडेको हैन क्यार। यस्तैयस्तै कुराले धरहरा पनि केही सयमदेखि आफैं निराश भएको मात्रै होइन स्वार्थी दुनियाँले गर्ने गरेको कर्तुतका बारेमा पनि धरहरा जानकार हुँदै आएको छ। एकले अर्कालाई सम्मान गर्न नसक्ने भएपछि आफूलाई चाही सम्मान खोज्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने ठम्याइ धरहराको छ तपार्इंको चाहिँ के छ कुन्नी पाठकबृन्द ? अरु आफैं बुझ्नुहोला है त ?

प्रतिक्रिया दिनुहोस्