बोटलर्स नेपाललाई आईक्यानको सम्मान



 

नेपाल समाचारपत्र
काठमाडौं
इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान) ले बोटलर्स नेपाललाई वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१६ को लागि रनर–अप अवार्डद्वारा सम्मान गरेको छ।

कम्पनीले साधारण क्षेत्रतर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन २०१६ प्रस्तुत गरेको आधारमा आइक्यानको सम्मान पाएको हो। आईक्यानद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बोटलर्स नेपाललाई सो अवार्ड प्रदान गर्नुभएको हो। गत वर्ष बोटलर्स नेपालले तेस्रो रनर–अप अवार्ड प्राप्त गरेको थियो।

सो अवसरमा बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले कम्पनी सम्पूर्ण सेवा र उत्पादनमा उच्च गुणस्तर कायम गर्नका लागि प्रतिबद्ध रहेको बताउनुभयो। ‘पारदर्शिता र जिम्मेवारीताको लागि उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यास सुनिश्चित गर्दै हामी निरन्तर अघि बढ्नेछौँ।’ उहाँले भन्नभयो।

पछिल्ला दिनमा बोटलर्स नेपाल लिमिटेड, कोकाकोला कम्पनीको आधिकारिक उत्पादक कम्पनीले नेपालमा सरोकारवालाको विश्वास कायम गरेकोमा विभिन्न सम्मान प्राप्त गरेको जनाएको छ। कम्पनीले यसअघि पनि उत्पादन क्षेत्रका लागि सबै सार्क मुलुकका पहिलो स्थान सुरक्षित गरेको थियो। सो अवार्ड साफा (साउथ एसियन फेडेरेसन अफ अकाउन्टेन्टस्) ले पारदर्शिता, जिम्मेबारीता र सुशासनमा सुधार गरेकोमा प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्