बाबुछोराकै बलिउड नायिकाहरू



 

बलिउड फिल्म नगरी यस्तो उद्योग हो, जहाँ समाचारभन्दा बढी गसिप बिक्छ। सानोसानो कुरालाई लिएर तहल्का मच्चाइने बलिउडमा विशेष गरी अभिनेता र अभिनेत्रीको सम्बन्ध चर्चामा रहने गर्दछ। बलिउडमा यस्ता अभिनेत्रीहरू पनि छन्, जसले बाबुछोरा दुवैसँग अभिनय गरेका छन्।

विनोद खन्ना र माधुरी दीक्षितले फिल्म दयावानमा सँगै काम गरेका थिए। उक्त फिल्मको गीत आज फिर तुमपे प्यार आयाले निकै चर्चा पनि भयो। पछि सन् १९९७ को फिल्म मोहब्बतमा माधुरी दीक्षित र विनोद खन्नाका छोरा अक्षय खन्ना प्रमुख भूमिकामा देखिएका थिए।

सन् १९८७ मा प्रदर्शनमा आएको फिल्म इन्सानियतके दुस्मनमा धर्मेन्द्र र डिम्पल कपाडिया प्रमुख भूमिकामा देखिएका थिए। यसअघि १९८४ मा आएको फिल्म मञ्जिलमञ्जिलमा धर्मेन्द्रका छोरा सनी देओल र डिम्पल कपाडियासँगै देखिएका थिए।

सन् २००० मा प्रदर्शनमा आएको फिल्म मोहब्बतेमा अभिषेक बच्चन र ऐश्वर्या रायलाई देख्न सकिन्छ। त्यसको ७ वर्षपछि आएको फिल्म गुरुमा अमिताभकै छोरा अभिषेक र ऐश्वर्यालाई देख्न सकिन्छ। पछि अभिषेक र ऐश्वर्या दम्पतीसमेत बन्न पुगे।

सन् १९८० मा प्रदर्शनमा आएको फिल्म खुबसुरतको प्रमुख भूमिकामा राकेश रोशन र रेखालाई देखिएको थियो। त्यसको धेरै समयपछि आएको फिल्म क्रिस टुमा राकेशका छोरा ऋतिक रोशन र रेखालाई देखियो।

सन् २०१४ को फिल्म बेबकुफियामा ऋषि कपूर र सोनम कपूरलाई देखिएको थियो। त्यो भन्दा ७ वर्षअघि प्रदर्शनमा आएको फिल्म सावरियामा ऋषिकै छोरा रणवीर र सोनमले प्रमुख भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्