सनी लियोनी बनिन् बच्चाकी आमा



एजेन्सी । सनी लियोनी र उनका पति डेनियल वेबर अब दुईबाट तीन भएका छन् । सनी लियोनी बच्चाकी आमा बनेकी छन् ।

उनले महाराष्ट्रको लातूरबाट एक २१ महिनाकी बच्चालाई धर्मपुत्री बनाएकी हुन् । सनी र डेनियलले बच्चाको नाम निशा कौर वेबर राखिएको छ । बुधबार सनीले आफू बच्चाको आमा बन्ने इच्छा व्यक्त गरेकी थिइन् ।

सनीले भनिन्, ‘कसलाई के थाहा कुनै दिन म हातमा एक बच्चालाई लिएर आऊँ र मानिसहरु अचम्ममा पर्न सक्छन् कि यो बच्चा कहाँबाट आयो ?’ सनी अचानक आमा बनेको खबरले सबै चकित भएका छन् ।

सनीको उक्त बयानपछि उनले सेरोगेसीमार्फत बच्चाकी आमा बन्न लागेको अनुमान लगाउन थालिएको थियो । सनीलाई बच्चा एकदमै मनपर्छ ।

प्रतिक्रिया दिनुहोस्