पूर्व राजा ज्ञानेन्द्रलाई भेट्न पूर्वप्रधानमन्त्री तथा नेताहरु नर्भिकमा



ईश्वरराज ढकाल,काठमाडौं ।

अस्पतालमा उपचार गराइरहनु भएका पुर्व राजाको स्वाथ्य अवस्थाबारे जानकारी लिन पुर्व प्रधानमन्त्री, पुर्व मन्त्री देखि राजावादीहरुको घुइचो लागेको छ ।

दुई दिनदेखि थापाथली स्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका पुर्व राजाको स्वाथ्य अवस्था सामान्य हुँदै गएको छ ।

सम्भवतः भोली शुक्रबार डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ । अस्पतालको मुलगेटमा राखिएको आगन्तुक पुस्तिकामा एक हजार भन्दा बढीले सिघ्र स्वाथ्य लाभको कामना लेख्ने गरेका छन् ।

उहाँको स्वाथ्य अवस्थाबारे जानकारी लिन पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पशुपति शम्सेर जबरा, पुर्व मन्त्री बुद्धीमान तामाङ, जगत गौचन, केशरबहादुर विष्ट, सिनेट श्रेष्ठ, डा.प्रकाशचन्द्र लोहनी लगायतका नेपाली सेनाका पुर्व प्रमुखहरु अस्पताल पुगेका थिए ।

अस्पतालले उहालाई हालसम्म कसैलाई पनि भेटघाट गर्न दिएको छैन । पुर्व रानी कोमल, पुर्व युवराज पारस, पुर्व युवराज्ञी, नाति नातिनाहरु, पुर्व राजाका आफन्तहरु संगै छन् ।

अस्पतालबाट डिस्चार्ज भएको केही दिनपछि पुर्व राजा थाइल्याण्ड भ्रमणमा जाने कार्यक्रम रहेको छ । सम्भवतः तेस्रो साता उहाँ थाइल्याण्ड जाने कार्यक्रम रहेको दरबारका एक कर्मचारीले नेपाल समाचारपत्रलाई बताए ।

प्रतिक्रिया दिनुहोस्