यू-१९ विश्वकप छनोटःअफगानिस्तानसँग नेपालको लज्जास्पद हार



काठमाडौ (नेस) ।

आईसीसी यू-१९ विश्वकप छनोट एसिया क्षेत्रमा नेपालले पहिलो पराजय भोगेको छ । पहिलो दुई खेल सजिलै जिते पनि निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालले त्यही नियति दोहोर्‍याएपछि अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित भएको हो ।

अफगानिस्तानको यो लगातार तेस्रो विजय हो । सिंगापुरमा भइरहेको प्रतियोगिताको डबल राउन्ड रोबिन लिगको विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।

सिंगापुर क्रिकेट क्लबमा नेपालले टस जितेपछि आएको अफगानिस्तान ४९.४ ओभरमा १ सय ९० रनमा अलआउट भयो । तर जवाफमा आएको नेपाल २६ ओभरमा ४९ रनमा सीमित भएपछि लज्जास्पद हार बेहोरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्