भारत र चीनको सिक्किम सीमामा जारी तनाव अझै बढ्यो, युद्धको खतरा !



काठमाडौं, (नेस) ।
भारत र चीनको सिक्किम सीमामा जारी तनावकाबीच दुई देशको मिडियामा कयौं खालका रिपोर्टहरु आएका छन् ।

भारत र चीनको सीमामा जारी तनाव अझै गहिरीदै गएको छ । दुई देशका बीच पछिल्लो एक महिनादेखि डोकलाममा गतिविधि कायम छ । यो इलाका भारत, चीन र भुटानको सीमामा छ । दुई देशका सेना आमनेसामने छन् ।

चीनले भारतीय सैनिकलाई अवैधरुपमा डोकलाममा रहेको आरोप लगाएको छ । चीनले भारत डोकलामबाट आफ्नो सैनिकलाई फिर्ता जान भनेको छ भने भारतले चीनले सीमामा सडक निर्माणको काम बन्द गर्न अदेश समेत गरेको चीन र भारतका मिडियाहरुमा उल्लेख गरिएको पाइएको छ ।

यसबीचमा भारतको हिन्दू राष्ट्रवादका कारण दुई देशबीच युद्धको खतरा रहेको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा उल्लेख गरिएको छ ।

ग्लोबल टाइम्समा लेखिएको छ कि भारत लगातार सीमामा उक्साउने काम गरिरहेको छ र दोस्रो तर्फ भारतमा हिन्दू राष्ट्रवादीको आडमा चीन विरोधी भावनालाई बृदी भइरहेको छ । भारतले चीनलाई प्रतिद्धन्द्वी र एक शक्तिशाली दुश्मनको रुपमा हेर्ने गरेको छ ।

भारतमा पाकिस्तान र चीनका विरुद्ध कडा कदमको माग गरिदै आइएको छ । यस पटक सीमामा तानातानी भारतको तर्फबाट धार्मिक राष्ट्रवादीको माग पूरा गर्न लक्षित रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्