कुरा तीजको



 

तीज नेपाली चेलीहरूको महत्वपूर्ण पर्व। नेपाली मौलिक संस्कृतिको चिनारी बोकेको तीजले नेपाली धर्म संस्कृतिको महत्वलाई धेरैमाथि उकासेको छ। तर विडम्बना यही मौलिक संस्कृतिलाई मास्न केही पक्ष लागिरहेका छन्। तीजको नाउँमा अहिले धेरै नै विकृति विसंगतीहरू भित्रेका छन्।

तीज शुरू नै नभइकन महिना दिनअगाडि देखि नै अनावश्यक तडकभडक गरेर दर खाने परम्परा मौलाएको छ भने तीज गीतको नाउँमा छाडा शब्दको प्रयोग तथा गीतको छायांकन गर्दा अश्लील पहिरन लगाई नृत्य गर्ने परम्परा शुरू भइसकेको छ। यसले नेपालको रीतिरिवाज र संस्कृतिलाई कतातिर लाँदैछ। यो चिन्ताको विषय बनिरहेको छ।
तीजजस्तो ऐतिहासिक चाडपर्वमा देखिएको विकृति देखेर धराहरालाई धेरै समयदेखि चिन्ताले सताइरहेको छ। यस्ता विकृतिविसंगति तत्काल हटाउनुपर्छ भन्ने मान्यता धराहराको रहेको छ। यसमा पाठक मित्रहरूको राय कस्तो छ त?

प्रतिक्रिया दिनुहोस्