५० राउण्ड गोली सहित पक्राउ परेका युवकहरु सार्वजनिक



गोली सहित पक्राउ परेका युवकलाई सार्वजनिक गर्दै पर्सा प्रहरी । तस्बिरःकृष्णउदास खनाल।नेस

कृष्णउदास खनाल,वीरगन्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले भारी मात्रामा गोली सहित पक्राउ गरेकादुई युवकलाई बुधबार सार्वजनिक गरेको छ ।

पचास राउण्ड बन्दुकको गोली सहित पक्राउ परेका दुई जनालाई पर्सा प्रहरसीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्सा गढी गाउपालिका निवासी ५५ बर्षिय क्षेत्री चौधरी र सोही ठाउँ निवासि २१ बर्षिय रामकिसुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिनुभयो ।

ना. ४ प. ९११६ नम्वरको मोटरसाइकलमा आइरहेको अवस्थामा पर्साको ग्रामीण क्षेत्र रंगपुर टाँडीबाट मंगलबार चेकजाँचका क्रममा उक्त परिमाणको गोलि सहित उनीहरुलाई पक्राउ गरिएको पनि पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवैलाई हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइएको पनि उहाँले जानकारी दिनुभयो । निर्वाचनको समय नजिकिदै गर्दा भारी मात्रामा गोली सहित दुई युवक पक्राउ पर्नुलाई रहश्यको रुपमा समेत सुरक्षाकर्मीले हेरेको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्