तोरीलाहुरे



 

दोहोरो नागरिकता लिनेमाथि सरकारले के गर्ने भनेर अन्यौलमा परेको छ। सरकारले दोहोरो नागरिकता नीति ल्याउने भने पनि अहिलेसम्म केही गर्न सकेको छैन। तर दोहोरो नागरिकता लिने नेपालीको दादागिरी आफ्नै परिवारमाथि हुने गरेको दृष्य धरहराबाट देखिएको छ। अमेरिका युरोपमा घर गाडी घोडा जोडेका दोहोरो नागरिकताधारीहरुले नेपालमा आएर अंशको दावी गरेपछि घरघरमा कलह शुरु भएको छ। हैन बिदेशमा टन्न कमाएकाहरु पुख्र्याैली सम्पत्तिमा धावा बोल्ने र नेपाल कहिल्यै नफर्कनेसम्मको धम्की दिने गरेका कारण घरघरमा कलह मच्चिएको धरहराले देखेकै छ। सरकार दोहोरो नागरिकता लिने नेपालको सम्पत्ति बेचेर विदेशीलाई पोस्ने दोहोरो नागरिकताधारीको दादागिरी अन्त्य गर्ने कानुन ल्याउनुपर्यो भन्या। आफ्नै परिवारलाई समेत कुकुरलाई जस्तो ब्यवहार गर्ने गरेकाले उनीहरुमाथि न दया छ न परिवारको माया छ। यस्ता तोरीलाहुरेहरुलाई ठीक गर्ने कानुन ल्याउनुपर्यो हैन भने तोरीलाहुने पीडितहरुले संघर्ष नगर्लान् भन्ने छैन। कि कसो त पाठकबृन्द !

प्रतिक्रिया दिनुहोस्