म्यासेजको जवाफ नदिएकामा सम्बन्ध विच्छेद



 

ताइपेई, (एजेन्सी)
के तपाईंले आफ्नी पत्नीको म्यासेजको बेवास्ता गर्नुभएको छ? यदि छ भने, सावधान⁄ तपाईं समस्यामा पर्न सक्नुहुन्छ।

ताइवानमा एक महिलाले आफ्नो पतिलाई उसको म्यासेजको जवाफ नदिएकै कारण सम्बन्ध विच्छेद गरेकी छन्। अदालतमा उनले म्यासेजिंग एप ‘लाइन’मा पठाएको म्यासेज पनि देखाइन्।

एपमा महिलाका पतिले टेक्स्ट म्यासेज पढेको तर त्यसको जवाफ भने दिएन। उक्त प्रमाणका आधारमा अदालतका न्यायाधीशले महिलाको पक्षमा फैसला सुनाए।

कुनै म्यासेज पढेर जवाफ नदिनुलाई ‘ब्लु टिकिंग’ नाम दिइएको छ। यो व्यवस्था ह्वाट्सएप र लाइनजस्ता सामाजिक सन्जालका एपबाट आएको हो।

पारिवारिक मामिलको उक्त अदालतमा न्यायाधीशले महिलका तर्फबाट प्रमाणका रूपमा पेस गरिएको म्यासेजलाई आधार मानेर फैसला सुनाएको हो। न्यायाधीशले पीडितको बेवास्ता भएको देखिएको र यस्तोमा सम्बन्ध विच्छेदलाई स्वीकृति दिने बताए।

न्यायाधीशले भने– ‘६ महिनासम्म पीडिताले आफ्नो पतिलाई म्यासेज गरेको तर कुनै जवाफ प्राप्त भएन। तीमध्ये एउटा म्यासेज यस्तो पनि थियो, जसमा गाडी दुर्घटनाका कारण उनी अस्पतालमा भर्ना भएकी थिइन्।’

अर्को एक म्यासेजमा उनले आफ्नो पतिलाई पठाएको म्यासेजमा आफू इमरजेन्सी रुममा भएको उल्लेख गरेको तर पतिले म्यासेज पढेर पनि जवाफ दिएको थिएन। यद्यपि महिलाका पति एकपटक अस्पतालमा पुगेर अवस्थाको जानकारी लिएका थिए तर न्यायाधीशले भने जवाफ नदिएको घटनालाई नै आधार बनाएर सम्बन्ध विच्छेदको अनुमति दिए। उनीहरूको विवाह सन् २०१२ मा भएको थियो। महिलाको करिब उमेर ५० वर्ष छ भने पतिको उमेर करिब ४० वर्ष भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्