शिक्षा सेवामा किचलो, कनिष्ठको मातहतमा काम गर्न अस्वीकार



 

ईश्वरराज ढकाल, काठमाडौं
शिक्षा सेवामा कार्यरत उपसचिवले आफूभन्दा कनिष्ठ कार्यकारी अधिकृतको मातहतमा रहेर काम गर्न नसक्ने भन्दै मन्त्रालयमा हाजिर हुन पत्राचार गरेका छन्।

एक त शिक्षा मन्त्रालयले खटाएका शिक्षा सेवाका कर्मचारी स्थानीय निकायमा नगएको र गइसकेको स्थानमा कनिष्ठ कार्यकारी अधिकृत रहेकाले शिक्षा सेवाका कर्मचारीमा विरोध शुरू भएको छ।

बूढानीलकण्ठ नगरपालिकामा खटिएका कर्मचारी युवराज आचार्यले पुनः मन्त्रालयमा हाजिर हुन आग्रह गर्दै शिक्षा मन्त्रालयलाई पत्राचार गर्नुभएको हो। मन्त्रालयले काजमा खटाएकामा आफू उक्त कार्यालयमा हाजिरसमेत भएको तर सो कार्यालयमा कार्यरत कार्यकारी अधिकृत कनिष्ठ देखिनु भएकाले प्रचलित निजामती सेवा नियमावलीमा वरिष्ठ कर्मचारी कार्यालय प्रमुखका रूपमा भएको हुँदा सो कार्यालयमा हाजिर भई सेवा गरिरहन कानुनी जटिलता उत्पन्न भएकाले अर्को व्यवस्था नभएसम्म मन्त्रालयमै हाजिर हुन पत्राचार गर्नुभएको छ।

उहाँले शिक्षा, संघीय, मामला तथा स्थानीय र सामान्य प्रशासन मन्त्रालयमा बोधार्थ दिनुभएको छ। ‘कानुनीरूपमै म कनिष्ठको मातहतमा रहेर काम गर्न सक्ने अवस्था नभएपछि सरकारलाई पत्र पठाएको हुँ।’ –उपसचिव आचार्यले नेपाल समाचारपत्रसँग भन्नुभयो। उहाँले आफू कनिष्ठ कार्यकारी अधिकृत प्रमुख रहेको नगरपालिकामा काम गर्न जान सक्ने अवस्था नै नरहने स्पष्ट पार्नुभयो।

मन्त्रालयले खटाएका अधिकांश कर्मचारीमा यस्तै समस्या रहेको मन्त्रालयका अधिकारीले जनाएका छन्। एक कर्मचारीले भने– ‘अधिकांश स्थानीय निकायमा कार्यकारी अधिकृतका रूपमा शाखा अधिकृत नै रहेका छन्, शिक्षा सेवाका अधिकांश कर्मचारी उपसचिव भएकोले समस्या भएको हो।’ उता शिक्षा मन्त्रालयले सबै महानगरपालिकासहित ७५ वटा स्थानीय तहमा शिक्षा हेर्न कर्मचारी खटाए पनि सरकारले स्थानीय तहमा कर्मचारी खटाएको करिब एक साता भइसकेको छ।

लामो समयको विवादपछि वरिष्ठताको आधारमा शिक्षा सेवाका कर्मचारीलाई स्थानीय तहमा खटाउने निर्णय भएपछि शिक्षा मन्त्रालयले झन्डै १ सय उपसचिवलाई स्थानीय तहमा खटाएको हो।

मन्त्रालयले काठमाडौं महानगरपालिकामा प्रल्हाद अर्याल, ललितपुर महानगरपालिकामा हरि अर्याल, भरतपुर महानगरपालिकामा बद्रीनारायण शर्मा, पोखरामा गणेश ढकाल र विराटनगरमा रुद्र दुलाललाई खटाएको छ। त्यस्तै इटहरी उपमहानगरपालिकामा डिल्ली निरौला र धरानमा टेकनाथ रेग्मी, रुपन्देहीको बुटवलमा भोजबहादुर केसी, दाङको तुलसीपुरमा भाष्करराज गौतम, बाँकेको नेपालगन्जमा गोर्खबहादुर थापालाई खटाएको छ।

त्यसैगरी काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा गीता घिमिरे, गोकर्णेश्वरमा दण्डपाणि शर्मा, दक्षिणकालीमा हेमप्रसाद आचार्य, नागार्जुनमा देवीराम अर्याल, बूढानीलकण्ठमा युवराज पौडेल, कीर्तिपुरमा समन्तमणि आचार्य रहेका छन्।

त्यसै गरी शंखरापुरमा देवीरन्जन हुमागाईं, भक्तपुरको मध्यपुर थिमीमा महेन्द्रकुमार बोहोरा, सिन्धुलीको दूधौलीमा सत्रुघन यादव, काभ्रेको पनौतीमा मित्रप्रसाद काफ्ले, पाँचखालमा दिनेशकुमार न्यौपाने, नमोबुद्धमा फटिकबहादुर केसी, मन्डनदेउपुरमा हर्कबहादुर अधिकारीलाई खटाएको छ।

त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकामा गोकर्णध्वज कार्की, मकवानपुरको थाहा नगरपालिकामा रवीप्रसाद शर्मा, चितनवनको खैरहनीमा नारायणप्रसाद पौडेल, रत्ननगरमा रामकृष्ण सिंखडा, स्याङ्जाको भीरकोटमा हुमानाथ शर्मा, तनहुँको भीमादमा रामप्रसाद शर्मा, शुक्लागण्डकीमा मायाकुमारी बराल, बागलुङको जेमिनीमा खेमप्रसाद आचार्य, लमजुङको सुन्दरबजारमा कृष्णप्रसाद सिग्देल, नवलपरासीको कावासोतीमा गोपालप्रसाद कँडेललाई खटाएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी काठमाडौंको टोखामा ललितविक्रम सिंह, भक्तपुरमा हीराकिरण कायस्थ, देवदहमा घनश्याम भुसाल, सैनामैनामा नरेन्द्र बेल्वासे, लुम्बिनी सांस्कृतिकमा दिवाकर भण्डारी, तिलोत्तमामा टीकाराम शर्मा, सिद्धार्थनगरमा टीकाराम अर्याल, कपिलवस्तुको वाणगंगामा सूर्यप्रसाद भुसाल, बुद्धभूमिमा बाबुराम भट्टराई, कोहलपुरमा मनप्रसाद रेग्मी, कन्चनपुरको कृष्णपुरमा गणेशबहादुर सिंहलाई खटाएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्