पुर्ननिर्माणमा प्रविधिको ब्यापक प्रयोग गरिने



मोतीराम तिमल्सिना,काभ्रे ।
भुकम्पबाट थिलथिलो भएको संरचनाको पुर्ननिर्माण गर्न तथा संघिय संरचना अनुसार बनेका स्थानीय तहलाई आईटीको माध्यमबाट अगाडी बढाउन शहरहरुलाई स्मार्ट बनाउने विषयमा छलफल शुरु भएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाका सबै नगरपालिका, काठमाडौ, भक्तपुर, ललितपुर र कास्कि जिल्लाका महानगरपालिका, उप महानगरपालिका र नगरपालिकाहरुलाई स्मार्ट शहर बनाउन काठमाडौ विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ्ग कम्युटर साईन्स एण्ड इन्जिनियरिङ्ग विभागले आयोजना गरेको छलफल कार्यक्रममा आयोजना गरेको छ ।

‘अब बन्ने संरचनाहरुमा आईटीको प्रयोग गरौ र स्मार्ट शहर बनाऔ भन्ने हाम्रो उदेश्य हो’– काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागका प्रमुख डा. मनीष पोखरेलले भने–‘हामी विश्वविद्यालयका तर्फबाट सबै नगरहरुमा प्राविधिक तथा यसका बारेमा योजना बनाउन र कार्यान्वयन गर्न सहयोग गर्छाै ।’

सोहि कार्यक्रममा बोल्दै काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा. डा. रामकण्ठ माकजु श्रेष्ठले आवश्यकता महसुस हुने र देखिने खालको शिक्षा हुनु पर्ने बताए । आईटी पार्क संचालनमा आउन नसक्नुमा सोचहरु मात्रै नभई त्यसका लागि आवश्यक पर्ने जनशक्ति र नेपालमा जे गर्दा पनि हुन्छ भन्ने भान भएको माकजुले बताए ।

‘हाम्रो लाज कट्टु र सुरुवाल भित्र मात्रै होईन दिमाग भित्र पनि हुनु पर्छ’– उनले भने–‘नेपालमा आईटीको प्रयोगबाट हुने उपलब्धी र भएका उपलब्धीहरुलाई हेरेर आगामी दिनमा भावी पुस्ताहरुका लागि शशक्त गराउनु पर्छ ।’  कार्यक्रममा पुर्व मन्त्री गणेश शाहले शहर शुसासनका लागि आईटीको प्रयोग र निर्माणमा स्मार्ट बनाउन मेयर उपमेयरहरुलाई सुझाव दिए । कर, सिफारिस, नागरिकता जस्ता विषयमा तत्काल आईटीको प्रयोग गर्न उनले सुझाव दिएका थिए ।

न्याय र फैसला गर्ने क्रममा पनि आईटीको अत्याधिक प्रयोगमा जोड दिए । ‘नक्सा पासका लागि नागरिकहरु नगरपालिकामा धाउनु पर्ने बाध्यता तत्काल अन्त्य गर्नु पर्छ’– शाहले भने ।

सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्रकुमार मिश्रले भएका संरचनाहरु निर्माण गर्न आईटीको प्रयोग तथा बनिसकेका संरचनाहरुमा स्मार्ट बनाउन जनप्रतिनिधिहरुले बजेटको एक प्रतिशत सूचना र प्रविधिमा विनियोजन गर्न सुझाव दिए ।

कार्यक्रममा दुरसंचार प्राधिकरणका इन्जिनियर आनन्दराज खनालले देशभर अप्टिकल फाईबर विच्छ्याउने कार्य शुरु भएको बताए । ‘२÷३ वर्ष भित्र देशका सबै कुना काप्चामा इन्टरनेटको सुविधाका लागि अप्टिकल फाईबर विच्छ्याउने कार्य पुरा हुन्छ’–उनले भने ।

भुकम्पमा परेका पीडितहरुको गुनासो सम्बोधन गर्न तथा भुकम्प पीडितहरुको सूची संकलन गर्न आईटीको प्रयोग भएको क्यान नेपालका अध्यक्ष विनोद ढकालले बताए ।

इ नेपाल मार्फत नयाँ नेपाल बनाउन आईटी पार्कको उदेश्य पुरा गर्न जनप्रतिनिधिहरुले प्रशासकिन कार्यका लागि बैकिल्पक ब्यवस्था गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्टार भोला थापाले गाउँलाई शहर, शहरलाई महानगर र बस्न योग्य सुन्दर शहर बनाउन आईटीको प्रयोग गरेर कसरी सरल र सहज जीवन विताउन सकिन्छ भन्ने विषयमा कार्य शुरु गर्नु पर्ने बताए । विश्वविद्यालय भित्र स्मार्ट प्रयोग गर्न आईटीको प्रयोगलाई ब्यवहारमै जोड दिन लागिएको उनले बताए ।

स्मार्ट सिटीका परिसुचकहरु के के हुन् ? कुन नगरपालिकाले कुन क्षेत्रलाई स्मार्ट सिटीका रुपमा प्रयोग गर्नु भन्ने निक्र्याैल गरेर लाग्नु पर्ने रजिस्टार थापाले बताए । सहभागि मेयर, उपमेयरहरुले नगर भित्र गर्न सकिने काममा स्मार्ट सिटीका रुपमा विकास गर्न सक्रिय हुने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

सोहि कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागका प्रमुख डा. मनीष पोखरेल र किशोर थापाले स्मार्ट सिटीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पुर्ननिर्माणमा सुस्तभुकम्प गएको दुई वर्ष नाघिसक्दा समेत पुर्ननिर्माणले गति लिन सकेको छैन । पहिलो किस्ता प्राप्त गरेका भुकम्प पीडितहरुले अझै आवास निर्माण गरेका छैनन भने केहिले घर निर्माण सम्पन्न गरिसक्दा समेत विभिन्न वाहनामा दोश्रो र तेश्रो किस्ता प्राप्त गरेका छैनन ।

तेश्रो किस्ता प्राप्त गर्ने ब्यक्तिहरुको संंख्या १५ जना मात्रै रहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका काभ्रे प्रमुख धुर्व गैडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्