लिम्बुलाई दज्र्यानी चिह्न प्रदान



 

काठमाडौं, (नेस)
मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति हुनुभएका सैनिक इन्टेलिजेन्स महानिर्देशनालयका सहायक रथी कर्मेन्द्रविक्रम लिम्बुलाई सोमबार जंगी अड्डामा आयोजित एक विशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ।

साथै सोही मितिबाट उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी शिवराम खरेल विशेष कारणले उपस्थित हुन नसक्नुभएको र सहायक रथी ईश्वर हमाल हाल विदेशमा रहनुभएको हुँदा उहाँहरुलाई उपरथी दर्जाको दज्र्यानी चिह्न पछि प्रदान गर्न मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्