कामनपामा ३६० देखि १० लाखसम्म व्यवसाय कर



 

नेपासमाचारपत्र
काठमाडौं
नयाँ आर्थिक वर्षको शुरूआतसँगै काठमाडौं महानगरपालिकाले नयाँ व्यवसाय कर लागू गरेको छ। महानगरपलिकाले चालू आर्थिक वर्षका निम्ति साउन १ गतेदेखि लागू हुने गरी साना, मझौला र ठूलो व्यवसाय भन्दै तीन भागमा वर्गीकरण गरेर व्यवसाय कर निर्धारण गरेको हो।

सामान्य किराना पसल, खाजा पसलदेखि ठूला कम्प्लेस र तारे होटलका निम्ति महानगरपालिकाले कर निर्धारण गरेको छ। महानगरले न्यूनम् ३६० रुपियाँदेखि १० लाख रुपियाँसम्म वार्षिक कर तोकेको छ। महानगरले क्यासिनोलाई वार्षिक १० लाख रुपियाँ व्यवसाय कर तोकेको छ। त्यसबाहेक महानगरले चुरोट पसलललाई वार्षिक ८ हजार कर तोकेको छ भने मदिरा पसललाई ३ हजारदेखि ८ हजार, जेम्स् ज्वेलरीमा पसललाई ३ हजारदेखि ८ हजार, मोबाइएसेसरिज, सिडी, डीभीडी, क्यासेट पसललाई पसललाई ३ हजारदेखि ८ हजार रुपियाँ कर निर्धारण गरेको छ।

त्यस्तै पुस्तक पसस्टेशनरीलाई १५ सयदेखि २५ सय रुपियाँ, पान पसललाई १ हजारदेखि १५ सय रुपियाँ, तमाखु पसललाई ५ सय रुपियाँ, कप्युटर फ्रिज, फोटोकपी वासिङ मेसिनलगायतका इलेक्ट्रोनिक्स पसललाई ३ हजारदेखि ८ हजार, फर्निचर पसललाई पसललाई ५ हजारदेखि ८ हजार र डिपार्टमेन्ट स्टोरलाई वार्षिक एक लाख रुपियाँ कर महानगरपालिकाले तोकेको छ।

यसैगरी महागरले तरकारी, फलफूपसललाई ५ सयदेखि १५ सय, चुरापोते रिवन पसललाई १५ सय, धाँगो टाँक पसललाई ५ सय, सवारी साधनलाई ३६० रुपियाँदेखि १ हजारसम्म कर तोकेको छ भने डाक्टर, इन्जिनियर, कानुन व्यवसायी, लेखा परीक्षकलाई ३६० रुपियाँदेखि २ हजार रुपियाँसम्म कर तोकेको छ। मसाज पर्लारलाई १० हजार, ब्युटी पर्लार, सैलुनलाई ८ सयदेखि २ हजार रुपियाँसम्म कर तोकेको छ।

प्रतिक्रिया दिनुहोस्