ब्राजिलियन नेतृको विवाहमा अण्डा प्रहार



 

रियो दि जेनेरो, (एजेन्सी)
ब्राजिलका २५ वर्षीया राजनीतिज्ञ मारिया भिक्टोरिया ब्यार्रोसले वामपन्थी प्रदर्शनकारीहरूले आफ्ना विवाहका पाहुनाहरूलाई शारीरिक र शाब्दिक आक्रमण गरेको आरोप आइतबार लगाएकी छिन्। उनले आफूले राष्ट्रपति मिचेटेमरको समर्थन गरेको कारण सो आक्रमणको सामना गर्नुपरेको पनि बताएकी छिन्।

पारानाका राज्य सभाका सदस्य ब्यार्रोस टेमरको स्वास्थ मन्त्रीकी पुत्री हुन्। शुक्रबार साँझ विवाह कार्यक्रम चलिरहेको चर्च बाहिर सयौं व्यक्तिले उनी विरुद्ध प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले अण्डा प्रहार गर्न थालेकाले उनी विशेष सुरक्षा व्यवस्था गरिएको गाडीमा बसेर त्यहाँबाट हिंडेकी थिइन्।

उक्त भव्य विवाह कार्यक्रममा उनका माता पिता रिकार्डो ब्यार्रोस र सिदा बोर्घेटी, पोरानाका उप गवर्नर तथा अन्य वरिष्ठ राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। ब्रािजिलियन कंग्रेसका कम्तिमा ३० जना सदस्य पारानामा राज्यको राजधानी कुरिटिवामा आयोजित सो विवाहमा भाग लिन राजधानी ब्रासिलियाबाट आएको सरकारी सूत्रले जनाएको छ।

सरकार विरोधी नारा लेखिएका प्ले–कार्ड र ब्यानर बोकेका ती प्रदर्शनकारीहरले ब्यार्रोसलाई ‘विद्रोहका सुत्रधार’ को आरोप लगाएका थिए। यु–ट्युबमा राखिएको फुटेजमा सुरक्षा गार्डहरूले रोजरी चर्चबाट निस्केका दुलहा र दुलहीलाई छाताले छेक्दै सुरक्षित स्थलतर्फ लग्दै गरेको देखिन्छ। नव विवाहित जोडी र तिनका पाहुनाहरूको सुरक्षाका लागि अन्तत दंगा प्रहरी बोलाइएको थियो।

ब्यार्रोसले भने उनकी आमाले हालसालै राज्यको गभर्नरका लागि चुनाव लड्ने निर्णय गरेको कारण सो प्रदर्शन भएको बताएकी छिन्। गत वर्ष तत्कालीन राष्ट्रपति डिल्मा रुस्सेफलाई महाभियोग लगाइएपछि अस्थिर बन्न पुगेको ब्राजिलको राजनीति अहिलेसम्म नियन्त्रणमा आइसकेको छैन।

ब्यार्रोसको वर्कर्स पार्टीका समर्थकहरू बुधबार पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई बुधबार भ्रष्टाचारको कारण नौ वर्ष छ महिना लामो कारावास संजाय सुनाइएकोमा थप आक्रोशित बनेका छन्। तर लुलाले सरकारी तेकम्पनी पेट्रोव्राससंग सम्बन्धित उक्त भ्रष्टाचार काण्डमा बताइएअनुसार आफूले घुसबापत एउटा अपार्टमेन्ट नलिएको बताएका छन्। लसला सन् २०११ सम्म आठ वर्ष राष्ट्रपति रहेका थिए।

प्रतिक्रिया दिनुहोस्