रक्सौल–अमलेखगन्ज पाइपलाइन आयोजनाको काम शुरू

14

 

गोकुघोरसाइने, बारा

सरकारले आयोजना निर्माणको लागि सैद्धान्तिक स्वीकृति दिएको लामो समयपछि नेपाआयनिगम कम्पनीले रक्सौलदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने प्रक्रिया अगाडि बढाएको छ।

भारतीय आयनिगमको सहयोगमा शुरू हुन लागेको सो आयोजना निर्माणको लागि बाराको सिमरामा रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन आयोजनाको साइट कार्यालय स्थापना गरी आयोजनाको काम अगाडि बढाएको हो। रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन आयोजनाका मेकानिकइन्जिनियर बिज्ञ सरोजप्रसाद पौडेलले पेट्रोलियम पाइपलाइन बिस्तारको काम अगाडि बढेको बताउनुभयो। उहाँले पाइपलाइनको रेखांकनसँगै टर्निङ र इन्टरमेडियट पिलर निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। आयनिगमले त्रिभुवन राजपथस्थित पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा निर्माणाधीन ६ लेन सडकसँगै पाइपलाइन बिस्तारको काम पनि अघि बढाएको हो। सरकारले करिडोर क्षेत्रमा ६ लेन सडक निर्माण गर्दै आएको छ।

भारतीय पक्षले पाइपलाइन बिस्तारको लागि बोलपत्र आह्वान गरेसँगै नेपाआयनिगमले पनि साइट कार्यालय स्थापना गरेरर आयोजनाको कामलाई गति दिएको हो। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको पहिलो चरणको काम पूरा भएपछि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा अर्को महिनाबाट पाइपलाइन बिस्तार र निर्माणको काम शुरू गरिने समेत पौडेलले जानकारी दिए। त्रिभुवन राजपथको किनारैकिनार जमिनमुनि बिछ्याइने १० दशमलव ५ इन्च मोटाइको पाइप लाइन भारतको मोतिहारीबाट नेपाआयनिगमको अमलेखगन्ज डिपोमा पुर्याएर जोडिने छ।

नेपासरकारको तर्फबाट आयनिगमले भारतीय सिमाना रक्सौलसम्मको पाइपलाइन निर्माण तथा प्राविधिक टोलीको करिब डेढ अर्ब नेपाली रुपियाँ खर्च गर्नेछ भने रक्सौसिमानादेखी मोतीहारीसम्मको पाइपलाइन बिस्तार भारतीय लगानीमा नै पूरा हुने सम्झौता छ।

भारतको मोतिहारीदेखि नेपाआयनिगमको अमलेखगन्ज डिपोसम्मको करिब ८० किलोमिटर पाइपलाइनमध्ये ४१ किलोमिटर नेपाली भू–भागमा र बाँकी भारतीय भूभागमा पर्नेछ। नेपाआयनिगमले नेपाली भू–भागमा पर्ने ४१ किलोमिटरको क्षेत्रफलमा मात्र पाइपलाइन बिस्तार आयोजनाको नियमन गर्ने विज्ञ पौडेलले बताउनुभयो। नेपालतर्फको करिब ९ किमी पाइपलाइन भने पर्सा राट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने छ। आयोजनाले निकुञ्ज र सडक विभाग समेतको समन्वयमा काम शुरू गरेको हो।

पौडेलका अनुसार सो आयोजना पूरा भएपछि अन्तर्राष्ट्रिय प्रचलनका आधारमा तीन प्रकारका पेट्रोलियम पदार्थ नेपाआयात हुनेछ। एउटै पाइपलाइनमा रिफाइन प्रविधिबाट मिसावटको समस्या नरहने गरी स्वचालित प्रविधिको प्रयोगमा तिनै प्रकारका पेट्रोलियम पदार्थ नेपाभित्र्याउन सकिने उहाँले जानकारी दिनुभयो। आयोजनाको निर्माणपछि पथलैया वीरगन्ज औद्योगिक करिडोरमा पेट्रोलिय पदार्थ ढुवानीमा हादेखिएको समस्या अन्त्य हुने र राजमार्गमा ढुवानीका साधन चाप घट्नुका साथै बन्द हड्तालले समेत इन्धन आपूर्तिमा कुनै प्रभाव नपर्ने यहाँका उद्योगीहरूको भनाइ छ। सडक मार्गबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने गरेको चुहावट लगायतको समस्याका कारण सधैं घाटा बेहोर्दै आएको नेपाआयनिगमलाई आयोजना सञ्चालनपछि चुवाहट नियन्त्रण र ढुवानी खर्चमा समेत कटौती भएर वार्षिक अर्बौं रकम बचत हुने छ।

पाइपलाइन निर्माण भएपछि ढुवानी खर्चमा आयनिगमको वार्षिक ३६ करोड रुपियाँ बचत हुने बताइएको छ। अहिले रक्सौल–अमलेखगन्ज रुटमा सञ्चालित २ सय हाराहारी टयांकरको वार्षिक ढुवानी खर्च करिब ६० करोड रुपियाँभन्दा बढी छ।

त्यसैगरी आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन पनि शुरू भएको छ। यसको लागि छुट्टै टोलीले प्रभावित क्षेत्रमा पुगेर वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन गरिरहेको छ। सरकारको वातावरण संरक्षण नियमावलीले तोकेको प्रक्रिया अनुरूप अध्ययन प्रतिवेदन तयार भइरहेको बताउँदै अध्ययन टोलीका प्रमुख निरन्जन श्रेष्ठले प्रारम्भिक चरणको क्षेत्र निर्धारण अध्ययन प्रतिवेदन तयारीका लागि अर्थ विशेषज्ञ र वातारणबिद् सहित चार जनाको टोली निर्माण क्षेत्रमा खटेको बताउनुभयो। श्रेष्ठका अनुसार आठ महिनाभित्रैमा वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयार पारी आयोजना अघि बढाउने निगमको तयारी छ।