यातायात क्षेत्रमा नयाँ–नयाँ नियम



 

रोविन पौडेल, काठमाडौं

सहज तथा छिटो यात्रा, यातायात र सर्वसाधारणका लागि सहज आवागमन व्यवस्थापन सरकारले नयाँ आर्थिक वर्षसँगै विभिन्न नयाँ नियम कार्यान्वयनमा आएको छ। सरकारले नयाँ वर्षसँगै सहज सडक आवागमन तथा ट्राफिक व्यवस्थापनको लक्ष्यसहित विभागले रि–रुटिङ, ठूला सवारी गुड्ने समय निर्धारण तथा लामो दुरीका सवारी छुट्ने बिन्दु तोकेको हो।

नेपालको यातायात क्षेत्रमा बढेको समस्यामा न्यूनीकरणमा सरकारले ध्यान नपुर्याएको सर्वसाधारणको गुनासो आएपछि यातायात व्यवस्था विभागले नयाँ नियम कार्यान्वयनमा ल्याएको जनाएको छ। विभागले महानगरिय ट्राफिक प्रहरी तथा आफ्ना मातहतका विभिन्न कार्यालयसँगको समन्वयमा नयाँ आवदेखि कार्यान्वयनमा आउने गरी नयाँ नियम ल्याएको हो।

ट्राफिक समस्या, पार्किङ समस्या, सार्वजनिक सवारीको अस्तव्यस्तता बढ्दो सवारी, बढ्दो जनसंख्याका कारण दुर्घटना तथा वातावरणीय प्रभाव पनि उत्तिकै बढेकाले यसो गरेको यातायत व्यवस्था विभागले जनाएको छ। विभागले नयाँ तथा तत्कालका कार्यान्वयनमा ल्याएका नीतिमा सवारी रि–रुटिङ शुरूआत, लामो दूरीका सवारीका लागि नयाँ नियम रहेको प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो।

प्रवक्ता पाण्डेले सहज सवारी आवागमनका लागि निश्चित स्थानमा रोक्ने व्यवस्था, निःशुल्क पार्किङको अन्त्यलगायत कार्यमा पनि विभाग अग्रसर रहेको जानकारी दिनुभयो। नेपासमाचारपत्रसँग कुरा गर्दै डा. पाण्डेले भन्नुभयो–‘हालका लागि सवारी व्यवस्थापन तथा सहज आवागमन व्यवस्थाका लागि विभागले ट्राफिक प्रहरी र स्थानीय सरकारसँग सहकार्य गरेको हो। आवश्यकताअनुसार विभागबाट समयसापेक्ष हुने गरी विभिन्न नयाँ नियम कार्यान्वयनमा आउने छन्।’

यसैगरी ट्राफिक प्रहरीको सहयोगमा यातायात व्यवस्था विभागले आइतबारदेखि कार्यान्वयनमा आउने गरी राजधानीबाट लामो दूरीका लागि छुट्ने सवारी रिङरोड घुम्न नपाउने नियम लागू गरेको हो। त्यस्तै ती स्थानका लागि सावारी छुट्ने बिन्दु गौंगबु मात्र कायम गरिएको हो।

प्रवक्ता पाण्डेले ट्राफिक समस्या समाधान गर्न आइतबारदेखि राजधानीमा दिँदै आएको रुटमाथि पुनरावलोकन गर्ने पनि जानकारी दिनुभयो। ‘काठमाडौंको ट्राफिक व्यवस्थापन कठीन भयो, आवागमन असहज भएको सबैले महशुस गरेकै कुरा हो। राजधानीको यात्रा ज्यादै लामो तथा कस्टकर भयो भन्ने यो भन्ने जनगुनासो आएपछि विभागले नयाँ आर्थिक वर्षसँगै विगतमा जारी २ सयभन्दा बढी रुटलाई ६६ वटामा कायम गर्ने प्रक्रिया शुरू गरेको हो।’ उहाँले भन्नुभयो। यसको अर्थ अब सबैलाई रिरुट गर्ने नभएर नयाँ रुट लिन आउने तथा नवीकरण गर्ने सवारी साधनलाई नयाँ रुट दिने रहेको उहाँको भनाइ छ।

उहाँका अनुसार नयाँ रुट काठमाडौं दिगो शहरीकरण आयोजनाले तय गरेका रुट हुन्। रुट व्यवस्थापनमा आधुनिक तथा वैज्ञानिक रुट कार्यान्वयनमा थप टेवा दिने लक्ष्यसहित ढिलै भए पनि यो कार्यान्वयनमा ल्याएको बताएको छ। यदी यसो भयो भने काठमाडौंको ट्राफिक व्यवस्थापन थप सहज हुने पाण्डेको दाबी छ। कुन सवारीका लागि कुन रुट दिने भन्ने कुरा सवारी र सडकका आकार र अवस्था हेरेर निर्धारण गर्ने बताउनुभयो। ‘साना सडकमा गुड्न सानो सवारीले रुट पाउनेछन्। त्यस्तै ठूलोमा ठूलै साधन गुड्नेछन्।’ पाण्डेले भन्नुभयो।

आइतबारबाटै राजधानीमा चक्रपथमा बिहान साढे ७ बजेदेखि साढे १० र साँझमा साढे ३ देखि साढे ६ बजेसम्म ट्रक, ट्रिपर, मिनिट्रक आदि गुड्न कडाइ गरेको छ। विभागले ती सवारी साधनको चापले कार्यालय समयमा सर्वसाधारण मारमा परेको निष्कर्श निकालेको हो।

विगतका दिनमा पनि विभागले पुराना ट्याक्सी हटाउने, स्मार्ट लाइसेन्स बाड्नेलगायतका काम गरेको छ। त्यस्तै रिङरोडको ग्रिन जोनमा पार्किङ निषेध तथा नो हर्न नीति कार्यान्वयनमो भूमिका खेलेको विभागको दाबी गरेको छ। प्रवक्ता पाण्डेका अनुसार विभागले ट्राफिक प्रहरी तथा स्थानीय सरकारको सहयोगमा जेब्रा क्रसले नधानेको स्थानमा आकासे पुल, उच्च सवारी चाप हुन स्थानमा फ्लाइओभर, मोनोरेल, मेट्रोरेनिर्माणका लागि पहगर्नेछ।

यसैबीच विभागले आइतबारदेखि नै केही सयमअघि रोकिएको चालकका लागि स्मार्ट कार्ड लाइसेन्स वितरण सुचारु गरेको छ। नयाँ आर्थिक वर्षदेखि इम्बोस्ड नम्बर प्लेट क्रमशः प्रयोग गर्ने विभागको योजना भने असफहुने तरखरमा छ।

प्रतिक्रिया दिनुहोस्