बाढीले घर बगाउँदा दुईको मृत्यु



चिरञ्जीवी मास्के, दोलखा
शनिबार राति परेको अविरवर्षापछि रामेछापको खिम्ती र फरपुको सिमानामा रहेको छत्याउने खोलाको बाढीले पुतथा पाँचवटा घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

बाढीले घर बगाउँदा लिखु गाउँपालिका–७ खिम्तीको बालकुमारी खत्री र अर्को एक जना पहिचान खुल्न नसकेको गरी दुई जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिनुभयो। घर बगाउँदा स्थानीय अशोक तमाङ र उनकी छोरी बेपत्ता भएको प्रहरीले जनाएको छ। त्यसै गरी इन्द्रबहादुर खत्रीको पत्नी पनि बेपत्ता छिन्।

बाढीले घर तथा पुबगाउँदा ६ जना घाइते भएको र उनीहरूलाई थप उपचारका लागि काठमाडौं लान हेलिकोप्टर मगाइएको प्रहरी नायब उपरीक्षक ढुङ्गेलले बताउनुभयो। शनिबार दिउँसोदेखि नै अविरवर्षा भएपछि सिमानाको छत्याउने खोला र खहरे खोलामा बढेको थियो। बाढीका कारण पुआसपासको बस्ती बगाएको हो। बाढीले सडकमा पार्किङ गरी राखेको केही सवारीसाधनलाई समेत क्षति पुर्याएको छ।

अहिले घटनास्थलमा उद्धारको काम भइरहेको र बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक ढुङ्गेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्