गायिका पन्त पहिलोपटक एकसाँझमा



 

लोकप्रिय गायिका अन्जु पन्त पहिलोपटक एकसाँझमा प्रस्तुत हुने भएकी छन्। न बिर्से तिमीलाई न पाएँ तिमीलाई गायिका पन्त म्युजिक रेकर्डिस्ट संघ नेपार आफ्नै सामाजिक संस्था अन्जु पन्त फाउन्डेसनको संयुक्त आयोजनामा पहिलोपटक अन्जु पन्त सुमधुर सन्ध्या–२०७४ मा प्रस्तुत हुन लागेकी हुन्।

आगामी भाद्र २४ गते शनिबारका दिन कमलादीस्थित नेपाप्रज्ञा प्रतिष्ठानमा उक्त कार्यक्रम हुने आयोजकले जानकारी गराए। एकसाँझबारे जानकारी दिन शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गायिका पन्तले आफ्ना करिब डेढ दर्जन लोकप्रिय गीत प्रस्तुत गर्ने जानकारी गराइन्। ‘असहाय बालबालिकाको सहयोगार्थ उनीहरूले पनि शिक्षा प्राप्त गर्न सकुन् भन्ने हेतुले संस्थाको स्थापना गरिएको हो’, पत्रकार सम्मेलनमा गायिका पन्तले भनिन्– ‘एकसाँझबाट संकलित रकमबाट खर्च कटाई ५० प्रतिशत संघलाई र बाँकी फाउन्डेसनलाई राखिनेछ।

त्यसैबाट सामाजिक सेवा गर्ने उद्देश्य छ।’ संगीतिक क्षेत्रमा लागेको २ दशकको यात्रामा अन्जु पन्तको पहिलो एकगायन ऐतिहासिक हुने आयोजकको दाबी छ। पत्रकार सम्मेलनमा म्युजिक रेकर्डिस्ट संघ नेपालका अध्यक्ष दीप तुलाधर, वरिष्ठ रेकर्डिस्ट प्रदीप उपाध्याय, संगीतकार सुरेश अधिकारी, संगीत पत्रकार संघका सुमन बैरागीलगायतले गायिका पन्तलाई बधाई र शुभकामना प्रदान गर्दै उक्त कार्यक्रमले दुवै आयोजकलाई फाइदा पुग्ने बताए।

प्रतिक्रिया दिनुहोस्