प्रधानमन्त्रीले सातो बोलाए, सडकका खाल्डा १५ दिनभित्र पुर्नुस्



 

नेपासमाचारपत्र
काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाभित्रका सडकको अवस्था तत्कासुधार गर्न निर्देशन दिनुभएको छ। आइतबार सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायतका सरोकारवाला निकायका मन्त्रीहरू, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्कापुर्न र ढफुट्ने समस्या समाधान गर्न निर्देशन गर्नुभएको हो।

शुक्रबार अपराह्न राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनीता फुयालको ढलले बगाएर निधन भएको र सामाखुसीमा स्कुले बालिका सत्या सापकोटाको ढलले बगाएर उद्धार गरिएको घटनाप्रति ध्यानाकर्षण गर्दै प्रधानमन्त्री देउवाले तत्कायस्ता समस्या नदोहोरिने गरी समाधान गर्न निर्देशन दिनुभएको हो।

‘सरकार भनेको जनताका लागि बनेको हो, जनताको समस्यालाई हामीले कुनै पनि हालतमा समाधान गर्नुपर्छ’, प्रधानमन्त्रीले निर्देशन दिँदै भन्नुभयो– ‘काठमाडौंमा सडक हो कि पोखरी हो चिन्न नसक्ने भएको छ। सो अवसरमा प्रधानमन्त्री देउवाले स्कुलका विद्यार्थीहरू हिँड्दाहिँड्दै ढलमा पसेका छन् र खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ भन्दै तपार्इंहरू के गरिरहनुभएको छ भनी प्रश्नसमेत गर्नुभएको थियो ? काठमाडौं उपत्यकाका खाल्डाहरू तत्कापुर्नका लागि थप बजेट चाहिए आफूले उपलब्ध गराउने प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्री देउवाले सरोकारवाला निकायका प्रमुखहरूलाई तत्काफिल्डमा खटिएर समस्या समाधान गर्नसमेत निर्देशनदिनुभएको छ। प्रधानमन्त्री देउवाले आइतबारदेखि नै फिल्डमा गएर काम गर्न आग्रह गर्दै बढीमा १५ दिनभित्र काठमाडौंका खाल्डाहरू पुर्न निर्देशन दिनुभएको छ। ‘फुटेका ढलहरू बनाउनुहोस्, ढलेका बिजुलीको पोगाड्नुहोस्’, प्रधानमन्त्री देउवाले भन्नुभएको छ– ‘मैले अबको १५ दिनभित्र काठमाडौंमा खाल्डाखुल्डी देख्न नपरोस्।’
प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाका नेपाटेलिकम, विद्युत् प्राधिकरण र सडक विभागले समन्य गरेर काम गर्न पनि निर्देशन दिनुभएको छ। एउटै खाल्डो खनेर बनाउन सकिने तपाईंहरू किन तीन पटक खाल्डो किन खन्नुहुन्छ भन्दै उहाँले अब समन्वय गरेर काम गर्न पनि निर्देशन दिनुभएको छ। सो अवसरमा प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्तावसमेत तयार गर्न निर्देशन दिनुभएको छ।

प्रधानमन्त्रीका पे्रस सल्लाहकार गोविन्द परियारका अनुसार प्रधानमन्त्रीले निर्देशन दिँदा उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, शहरी विकासमन्त्री प्रभु साह, मुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, अर्थ सचिव, भौतिक योजना सचिव, ऊर्जा सचिव, खानेपानी मन्त्रालयका सचिव, नेपाटेलिकमका कार्यकारी निर्देशक, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायतका सरोकारवाला निकायका प्रमुखहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्