सल्यानको बनगाड कुपिन्डे नगरपालिमा ३९ करोड बढि बजेट बिनियोजन



सरिता चलाउने,सल्यान ।
सल्यानको बनगाड कुपिन्डे नगरपालिले शिक्षा, स्वास्थ्य, यातायात, कृषि, उर्जा र पर्यटनलाई विशेष प्राथमिकता दिएर बजेट ल्याएको जनाएको छ ।

नगरसभामा नगरप्रमुख गोबिन्द कुमार पुनले नगरको आगामी आर्थिक बर्ष २०७४ र०७५ को निति तथा कार्यक्रम र बजेट बिभिन्न शिर्षकमा बिनियोजन गर्नुभयो ।

नगरपालिको ३९ करोड २८ लाख ६४ हजार बजेट बिनियोजन गरिएको छ । साथै नगर सभाले १९ वुँदे नीति तथा कार्यक्रम पनि प्रस्तुत छ ।

उप प्रमुख मञ्जु यरीले बन्गाड कुपिण्डेको नमुना प्रस्तुत हुने उद्देश्यका साथ निकै सुनौलो निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

शनीबार सम्पन्न नगर सभाले प्रशासनिक तर्फ ४ करोड १० लाख ३७ हजार, यस्तै अध्ययन तालीम तथा प्राविधिक परामर्श सेवा ३० लाख, सस्थागत क्षमता विकास ८ लाख, आर्थिक समाजिक एवम् भौतिक पुर्बाधार सडकमा ४ करोड ७१ लाख, ५० हजार , सिचाइमा १ करोड २४ लाख ५० हजार, खानेपानीमा १ करोड ५१ लाख ५० हजार, शिक्षामा २ करोड ५८ लाख ९० हजार, स्वास्थ तथा सरसफाइ २ करोड ५५ लाख, बिद्धुत तथा तटबन्धमा १० लाख, धार्मिक तथा अन्य ८ करोड ५८ लाख ५० हजार , प्रवर्द्धनत्मकमा १ करोड ९० लाख र विभिन्न कोषहरुको स्थापनको लागी २३ लाख बजेट बिनियोजन गरिएको छ ।

त्यसतै नगरपालिका कै एउटा मात्र क्याम्पस बनगाड क्याम्पसमा भने बजेट बिनियोजन भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्