काठमाडौंका सडकका खाल्डाहरु तत्काल पुर्न प्रधानमन्त्री देउवाको निर्देशन



नेपाल समाचारपत्र, काठमाडौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाभित्रका सडकको अवस्थातत्काल सुधार गर्न निर्देशन दिनुभएको छ ।

आईतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजनालगायतका सरोकारवालानिकायकामन्त्रीहरु, मुख्यसचिव, सचिव, विभागीयप्रमुखलाई बोलाएर सडकका खाल्डा तत्कालपुर्न र ढल फुट्ने समस्या समाधानगर्न निर्देशनगर्नुभएको हो ।
शुक्रबार अपरान्ह राजधानीको नेपालटारमा ३ कक्षामाअध्ययनरत विनिताफुयालको ढलले बगाएर निधनभएको र सामखुशीमा स्कुले बालिका सत्या सापकोटाको ढलले बगाएर उद्दार गरिएको घटनाप्रति ध्यानाकर्षण गर्दै प्रधानमन्त्री देउवाले तत्काल यस्ता समस्यानदोहोरिने गरी समाधानगर्न निर्देशनगर्नुभएको हो ।

‘सरकार भनेको जनताकालागिबनेको हो । जनताको समस्यालाई हामीले कुनै पनिहालतमा समाधानगर्नुपर्छ’ प्रधानमन्त्रीले निर्देशनदिर्दै भन्नुभयो, ‘काठमाडौंमा सडक हो किपोखरी हो चिन्ननसक्ने भएका छन् ।

स्कुलकाविद्यार्थीहरु हिड्दा हिड्दै ढलमा पसेका छन् । खाल्डा खुल्डीले महानगर भन्नपनिलाजलाग्ने अवस्था छ । तपाईहरु के गरिरहनु भएको छ ? काठमाडौं उपत्यकाका खाल्डाहरु तत्कालपुर्नेहोस्, त्यसको लागिथपवजेट चाहिए म उपलव्ध गराउँछु ।’

प्रधानमन्त्रीले सरोकारवालानिकायकाप्रमुखहरुलाई तत्काल फिल्डमा खटिएर समस्या समाधानगर्न समेत निर्देशनदिनु भएको छ । ‘तपाईहरुले आजै फिल्डमा गएर निर्देशनदिनुस्, बढिमा १५ दिनभित्र काठमाडौंका खाल्डाहरु पुर्नहोस्, फुटेका ढलहरु बनाउनुहोस् ।

ढलेकाविजुलीको पोल गाड्नुहोस्’ प्रधानमन्त्रीले भन्नुभयो, ‘मैले अवको १५ दिनभित्र काठमाडौंमा खाल्डा खुल्डी देख्न नपरोस् । मलाई रिपोर्ट गर्नुहोस् ।’

प्रधानमन्त्रीले काठमाडौं उपत्यकाका नेपाल टेलिकम, विद्युतप्राधिकरण र सडक विभागले समन्य गरेर कामगर्न पनि निर्देशन दिनुभएको छ । ‘एउटै खाल्डो खनेर बनाउन सकिने तपाईहरु किनतीन पटक खाल्डो खन्नु हुन्छ’ प्रधानमन्त्रीले भन्नुभयो, ‘अव समन्वय गरेर कामगर्नुहोस् ।’

प्रधानमन्त्रीले काठमाडौं उपत्यकाकोृ एकीकृत विकास आयोजनाको प्रस्ताव समेत तयार गर्न निर्देशनदिनु भएको छ ।

कतिपय सर्भिक दिने कामहरुलाई निजिकम्पनीलाई करारमालिएर पनिप्रभावकारी कामगर्न सकिने प्रधानमन्त्रीको धारणा थियो ।

उक्त बैठकमा प्रधानमन्त्री देउवा, उपप्रधानएवं स्थानीयविकास मन्त्रीविजयकुमार गच्छदार, शहरि विकास मन्त्रीप्रभु साह, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, अर्थ सचिव, भौतिक योजना सचिव, उर्जा सचिव, खानेपानीमन्त्रालयका सचिव, नेपाल टेलिकमकाकार्यकारी निर्देशक, विद्युतप्राधिकरणका कार्यकारी निर्देशकलगायतका सरोकारवालानिकायको प्रमुखहरुको उपस्थितिथियो ।

प्रतिक्रिया दिनुहोस्