नगर प्रमुखद्वारा कामकाज शुरु



विनोद सिंह विष्ट,बैतडी
दशरथ चन्द नगरपालिका बैतडीका प्रमुख नरेन्द्र सिंह थापाले आजदेखि कामकाज शुरु गर्नुभएको छ ।

उच्च अदालत दिपायलको महेन्द्रनगर इजालास यसअघि कामकाज नगर्न दिएको अन्तरीम आदेशलाई बिहीबार खारेज गरेपछि मेयर थापाले कामकाज शुरु गर्नुभएको हो ।

गएको बिहीबार उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले अन्तरीम आदेशलाई निरन्तरता दिनु नपर्ने र मेयरको रुपमा काम गर्न थापालाई आदेश दिएको दिएको थियो ।

गएको असार १९ गते मतगणना परिणाम बदर गरी दोर्होयाई पुनः मतगणना गराई पाउँ भनी राप्रपाका प्रमुख पदका उम्मेदवार पुष्करराज जोशी लख्खाभाईले हालेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्यालले असार २१ गते काम नगर्न र नगराउन दशरथ चन्द नगरपालिकाका प्रमुख थापाका नाममा अन्तरिम आदेश जारी गरेको थियो।

उच्च अदालतले बिहीबार वादी र प्रतिवादीहरुलाई सुनुवाइका लागि बोलाएको थियो। तर यथेष्ट प्रमाण नजुटेको भन्दै उच्च अदालतले पुनः मतगणना गर्ने आदेश तत्काल दिन नसकिने जनाएको छ।

राप्रपाका जोशी ६२ मतअन्तरले कांग्रेसका थापासँग पराजित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्