एआईजीमा ११ को बढुवा सिलवाल छुटे



 

काठमाडौं, (नेस)
नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरक्षिक (एआईजी) पदमा ११ जना बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले १ नम्बरमा बमबहादुर भण्डारीलाई सिफारिस गरेको छ। सो सिफारिस समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालको नाम सिफारिस गरेको छैन। डीआईजी सिलवाल प्रहरी महानिरीक्षक (आईजी)को दाबी गर्दै सर्वोच्च पुगेका कारण उहाँको नाम सिफारिस नगरिएको हो। उहाँको मुद्दा हालसम्म फैसला हुन सकेको छैन।

सिफारिस समितिले डीआईजी बमबहादुर भण्डारीलाई पहिलो नम्बरमा सिफारिस गरेको छ। एआईजीमा सिफारस हुने डीआईजीहरूमा जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङ्मार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन्। प्रहरी नियमावली२०७१ (संशोधनसहित)नियम २७ को उपनियम (४)को प्रावधानअनुसार बढुवा गरिएको गृह मन्त्रालय बढुवा समितिको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्