वडा अध्यक्षले चेक कब्जा गरे



गणेश साम्पाङ, पाँचथर
पाँचथरको फिदिम नपा वडा न ९ बाट हालैनिर्वाचित वडाअध्यक्ष बालकृष्ण लावती र वढा सदस्य गंगाराम राईले एक मोटरबाटो निमार्ण उपभोग्क्ता समितीको नाममा काटिएको चेक कब्जा गरेको समितीले जनाएको छ ।

शनिबार फिदिममा गरिएको पत्रकार सम्मेलनमा साबिक लुम्फाबुङ गाबिस वडा न १ देखि ६ हुदै वडा न ८ जाने मोटरबाटो सुधारका लागि निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्र्तगतको योजनाको चेक उनीहरुले कब्जा गरेको सो समितीका अध्यक्ष प्रेमराज सम्बाहम्फेले बताउनु भयो । सम्मेलनमा अध्यक्ष सम्बाहाम्फेले वडा सचिव राजकुमार न्यौपानेले समितीको नाममा काटेको नेपाल बैंक लिमिटेढको ०६७००१०६३९६७९३०००००१ नको चेक जबरजस्ति लगेको बताएका छन ।

यसबारेमा वडा अध्यक्ष लावती सित सम्पर्क गर्दा सो चेक आफुले नलगेको र बाटो खन्दा प्रयोग गरिएका मेशिन)स्काभेटरका धनी दावा लामाले लगेको बताए पनि लामाले भने यसबिषयमा आफुले चेक नलगेको चेक समितीकै मान्छेहरु सित हुनुपर्ने बताएका छन ।

पत्रकार सम्मेलनमा सो योजनाबाट ३० हजार रुपैंया कमिशन आफुहरुलाई दिन सो वडाका सदस्य गंगाराम राईले मागेको समेत बताएका छन । वडा अध्यक्ष जस्तो पदमा रहेका ब्यक्तिले बिकास निमार्णको काममा जनता संगै हाते मालो गर्लु पर्नेमा समितीको काममा हस्तक्षेप गर्नु राम्रो नहुने स्थानीय बासीले सम्मेलनमा बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस्