मोहन दुवाल  कविले अनुभूत गरेका भावनाहरूमा जति–जति मार्मिकता र संवेदनशीलता थपिँदै जान्छ त्यति–त्यति बलियो ढङ्गले उसका रचनाहरू पनि उत्कृष्ट बन्दै जान्छन्।

कविता भाव–सीपको सौन्दर्यबाट उत्कृष्ट देखिने हुन्छ। आफूले भोगेका, देखेका, अनुभूत गरेका र ज्ञान–संज्ञान प्राप्त गरेका अनुभव र अभ्यासबाट कविले आफूलाई परिस्कृत र परिमार्जित तुल्याउँदै जाने हो। सरासु (सुनसान रात) मा अनुभूतिहरू टिप्दाटिप्दै आफूलाई सबल बनाइसकेका कवि पूर्ण वैद्यले लः लः खः (पानी पानी हो) कवितासङ्ग्रहमा पानीको शक्ति, मति र रूपलाई लाक्षणिक भाषामा पानीको महानताको बखान गर्दैै आफूलाई सफल तुल्याउँदै एकजना नेपालका सबल कविका रूपमा आफूलाई उभ्याइदिएका छन्।

यस काव्यकृतिका सम्बन्धमा डा. कमलप्रकाश मल्ल लेख्दछन्– कवि वैद्यलाई यो कवितासङ्ग्रहमार्फत् एक सशक्त, प्रौढ र जीवनप्रति प्रतिबद्ध चिन्तनशील कविका रूपमा चिनाइदिएको छ। यसमा वैचारिक पूर्वाग्रह केही भए त्यो मात्र कविको जीवनप्रति भित्रसम्म गहिरिएर हेर्ने कौतुलहता मात्र हो।

पानीमा पनि आँखाले ध्यान दिएर हेर्ने प्रयास हो यो। आफ्नो तेजिला आँखामार्फत उहाँले पानीमा हुने विभिन्न किसिमका सत्य र यथार्थ हेर्दै कल्पनाको गहना लगाई यो महत्वपूर्ण ग्रन्थ अगाडि सार्नुभएको छ। नेपालभाषा काव्यक्षेत्रमा यो एउटा चर्चायोग्य उपलब्धि हो। कवि पानीकै सम्बन्धमा लेख्छन् ः लः व खः (पानी त्यो हो गुकिं जःयात पनी मखु (जसले प्रकाशलाई छेक्दैन) आफूले देखेको सत्य–तथ्यलाई आफ्नो अनुभूतिको माध्यमबाट अभिव्यक्तिलाई सुन्दर भाषा, शैली, विम्बमा सजाएर कविहरूले कविता कोर्ने गर्छन्।

कवि पूर्ण वैद्यले पानीमा आफ्नो दृष्टि राखेर मान्छेको जीवनसँग पानीलाई राखेर तुलना गर्न खोजे। पानीको स्वच्छता, गहनतामा उनी मुग्ध हुँदै पानीले वितरण गरिरहेको समानता, शालीनता र विशालतामा कविता बनाए। पानीलाई प्रतीक बनाएर मान्छेको जीवन नाप्न लालायित कविले यस लः लः खः कवितासङ्ग्रहमा ८४ वटा पानीका सम्बन्धमा लेखिएका कविताहरू प्रकाशित गराएका छन्। पानी त्यो हो देखि एउटा दर्शनसम्ममा विभाजित गर्दै लेखिएका यी कविताहरू धेरै उच्चकोटिका छन्। लः लः खः कवितासङ्ग्रहबाट केही कवितापङ्क्तिहरू यहाँ प्रस्तुत गरिएका छन्।

छंगु रंग वं (तिम्रो रङ्ग त्यसले)छंगु थलय्सं त्वता थकी (तिम्रै थालमा राखेर जान्छ) अन्तत≤ न्हयाथाय्या न्हयागु हे लः थजु (अन्ततः जहाँकै जस्तो पानी होस्) लः – मात्र लः खः (पानी–मात्र पानी हो) व गुगुं रंग मखु (त्यो कुनै रङ्ग होइन) लः थें (पानीझैँ) थः नं. दक्व वसः त्वःसाः (आफू सबै वस्त्र छोडेर) पचिनागां जुइ मफयेक (सर्वत्र नाङ्गा हुन नसकेसम्म) जिं लःया म्हछिं ब्यायाक्क (मैले पानीको सर्वस्व) स्पर्श काये मफु (स्पर्श लिन सकिनँ)खुसिं अथें हे हाःगुमदु (नदीले त्यसै गाएको छैन) वया पलाः पतिं (उसको कदमसँगै) दाःगु ल्वहँया कठोर लुफिंया हिगू दु (कठोर ढुङ्गाको कठोर ठक्कर चोट) वहे वया मेया अन्तर तरङ्ग खः। (त्यही नै उसका गीतको अन्तरतरङ्ग हो।)

लखय् (पानीमा)जिगु किपा गुगु दु (मेरो छाया जुन छ) जि दुगुया छगू सबूद खः व (म भएको एउटा प्रमाण हो त्यो)जिगु परिचयया मौन अभिव्यक्ति ⁄ (मेरो परिचयको मौन अभिव्यक्ति ⁄) लः थः हे फोहर वस्तु खु (पानी आफै फोहोर वस्तु होइन) लः थः हे नवःगु वस्तु मखु (पानी आफैँ गन्हाउने वस्तु होइन) फोहर ला जिगु तुति खः (फोहोर त मेरो खुट्टा हो ) वं थःत जक छिंगु जुसा (उसले आफूलाई मात्र हुने भए) फोहरय् नं दुनाः वःगु दु (फोहोरमा पनि डुबेर आएको हो।)

नायेगुया परिभाषा (कोमलताको परिभाषा) लः ला खः (पानी त हो) ल्यहँ, पर्वत थें (ढुङ्गा पर्वतलेझैं) इकिधकि मससेँ (यताउता नसरेर) लखं गब्ले थ्व जिगु हे थाय् धकाः (पानीले कहिल्यै यो मेरो ठाउँ हो भनेर) वान्यानाच्वंगु मदु। (टाँसेर बसेको छैन।)
लःखः (पानी हो)वयात बाः वनेव्यु ⁄ (त्यसलाई बग्न देऊ) गन लः दु (जहाँ पानी छ) व दुने (त्यसभित्र) अन मि नं दु (त्यहाँ आगो पनि छ) च्वापु नं दु (हिउँ पनि छ)  धात्थेंला (साँच्चिकै) लः थः गुलि तःजा जुइ (पानी आफू जति अग्लो हुन्छ)गुलि तःब्या जुइ (जति फराकिलो हुन्छ) व उलि हे गम्भीर व मौन जुई। (त्यो त्यति नै गम्भीर र मौन हुन्छ।) न्ह्याथाय् च्वंसां (जहाँ बसे पनि) लखं थःम्हं खंक्व सत्य (पानीले आफूले देखेको सत्य) नवाईः।

(बोल्छ।) यी माथि उल्लेख भएका कविताका हरफहरूले बताउँछन्– कवि पूर्ण वैद्य सत्य भन्न रुचाउने वास्तविक परिवेशभित्रका मर्मशील कवि हुन्। माणिकलाल श्रेष्ठले लेखेजस्तै भन्न सकिन्छ–  शैलीगतरूपमा आधुनिक कविताको आन्दोलन र विचारधारात्मकरूपमा प्रगतिवादी आन्दोलनको संयुक्त उपज पूर्ण वैद्य हो। मलाई भन्न मन लाग्छ– कविता लेख्नलाई मनको हरियाली सबभन्दा आवश्यक कुरा हो। कवि पूर्ण वैद्यका मनका कुराहरू हरियालीले व्याप्त भएका भावना र अभिव्यक्तिहरू हुन्।

काव्यबाट नै कवि चिनिन्छ। भन्न सकिन्छ, कवि पूर्ण वैद्यले कविताका माध्यमबाट उनी सबल कवि हुन् भनेर चिनाएका छन्। पूर्ण वैद्य कलात्मकरूपमा माझिएको भाषाले प्रभाव गर्न सक्ने रूपमा कविता लेख्छन्। कवि सधैँ कविता मानव–कल्पनाका लागि हुनुपर्दछ भन्ने भावना राख्छन्।

कवितामा वाद घुसाउनुहुँदैन तर पनि मलाई वाद मनपर्छ भन्ने चेतनामा व्याप्त कवि पूर्ण वैद्यले कवितालाई मान्छेको जीवनजस्तो सृष्टिका रूपमा स्वीकार्ने गर्दछन्। कविताहरूबाट पाठकहरूको भित्री हृदयमा चस्का पसोस्, जसबाट हृदयमा केही न केही परिवर्तन आउन सकोस् भन्ने दृष्टि कविको छ।

मलाई लाग्छ, पूर्ण वैद्यका कविताहरूमा सत्यको उद्घाटन भएका छन्। अन्त्यमा कवि पूर्ण वैद्यका कविताहरू पुनः गाउन रुचाइरहेछु ः अटूट धाःया छगू साहस खः खुसि (अटुट बहावको एउटा साहस हो नदी) आजुइ समर्पित छगू त्यागया नां खः खुसि (उद्देश्यमा समर्पित एउटा त्यागको नाउँ हो नदी) पंगयात नं वं (बाधालाई पनि त्यसले) थःगु धालं थिइ (आफ्नो बहावले छुन्छ) थःगु लक्ष्यया आतुर प्रेरणां प्याकी।

(आफ्नो लक्ष्यको आतुर प्रेरणाले भिजाउँछ।) सुन्दर अर्थयुक्त पदावलीको काव्यमा प्रयोग गर्ने कवि पूर्ण वैद्यका कविताका हरफहरू भाषा–साहित्यका पृष्ठभूमिमा महत्वपूर्ण हरफहरू बनेका छन्। कवि पूर्ण वैद्यले आफूलाई नेपालभाषाको मात्र होइन, सम्पूर्ण राष्ट्रका कविका रूपमा चिनाएका छन्।

LEAVE A REPLY