भारतीय उमहाद्वीपमा अल कायदाको विस्तार ः अमेरिका



वासिङ्टन, (एजेन्सी)
अमेरिकी आतंकवाद निरोध विज्ञले अमेरिकी सांसदमा भारतीय उपमहाद्वीपमा अल कायदा धेरै सक्रिय रहेको बताएका छन्। सन् २०१७ मा उक्त संगठनले सयौं सदस्य बनाएको र उक्त कट्टरपन्थी संगठनको धेरैजसो शाखा अफगानिस्तानमा भएको उनले जानकारी दिएका छन्। यसले बंगलादेशमा पनि ठूलो संख्यामा गतिविधि चलाइरहेको पनि उनले बताए।

रणनीतिक विज्ञ सेथ जी जोन्सले भने– ‘अल कायदाको सेल्स अफगानिस्तानको हेल्मन्ड, कान्धार, जबुल, पाक्टिका, गजनी र नुरिस्तान प्रान्तमा रहेको छ। यो आतंककारी संगठन अफगानिस्तानमा ठूलो संख्यामा उपस्थिति छ। अहिले ऊसँग ५ वा १० वर्ष अगाडिभन्दा धेरै पैसा छ।’

जोन्सले अमेरिकी कांग्रेसमा काउन्टर टेरोरिज्म र इन्टलिजेन्सको विषयमा गृह सुरक्षा उपकमिटीसमक्ष उक्त बयान दिएको सञ्चारमाध्यमले जनाएको छ।

अलकायदा भारतीय उपमहाद्वीपमा विस्तार हुनुले अफगानिस्तानमा तालिबान बलियो हुन सक्ने र अलकायदाको तालिबान र अन्य संगठन तहरिक ए तालिबान पाकिस्तान र लस्कर ए झांगवीसँग पनि सम्बन्ध रहेको उनले बताए।

सन् २०१४ सेप्टेम्बरमा अल कायदाका नेता अयमान अल जवाहिरीले अफगानिस्तान, पाकिस्तान र बंगलादेमा आफ्नो उपस्थितिको फाइदा उठाउनका लागि भारतीय उपमहाद्वीपमा आफ्ना क्षेत्रीय संगठन बनाउने घोषणा गरेका थिए।

जवाहिरीले भारतीय उपमहाद्वीपमा अल कायदाका नयाँ संगठनको नाम कायदा अल जिहाद हुने र त्यसको माध्यमबाट पूरै महाद्वीपमा इस्लामको शासन पुनः स्थापित गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्