एकीकृत सम्पत्ति कर ३० प्रतिशत बृद्धि



हेटौंडा,(नेस) । नगरपालिकाबाट स्तरोन्नति भएर उपमहानगर बनेको हेटौंडाको पछिल्लो स्थानीय निर्वाचनपछिको प्रथम नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट कुल एक अर्ब २२ करोड ९० लाख ३५ हजार रुपिया“ बराबर आय अनुमान गरिएको छ । जसमध्ये उपमहानगरको आन्तरिक आय १९ करोड ३ लाख ७० हजार रुपिया“ छ भने बाह्य आय १ अर्ब ३ करोड ८६ लाख ६५ हजार रुपिया“ अनुमान गरिएको छ । उपमहानगर उपमेयर मीना लामाले बिहीबार प्रस्तुत गरेका नीति तथा कार्यक्रम सर्वसम्मत् पारित गरिएको हो । उपमहानगरपालिकाले कुल बाह्य आय एक अर्ब ३ करोड ८६ लाख ६५ हजार रुपिया“ अनुमान गरेको छ ।
पहिलो नगरसभाले नगरबासीलाई एकीकृत सम्पत्ति करमा बढीमा ३० प्रतिशत थपेको छ ।

पक्की घर निर्माण हुने क्रम मुख्य शहरी क्षेत्रमा बढी भएकोले सक्नेले तिर्ने सिद्धान्तबमोजिम पक्की घरको मूल्यांकनमा सामान्य बृद्धि गरिएको छ । कर निर्धारण गर्दा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकमको ३० प्रतिशत भन्दा बढी नहुने गरी कर संकलन गर्ने र यदि कर निर्धारण गर्दा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकम भन्दा कम हुने भए गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकम भन्दा कमी नहुने गरी कर संकलन गर्ने गरी प्रस्ताव पारित गरिएको छ ।

उपमहानगर मेयर हरिबहादुर महतको सभाध्यक्षतामा बसेको प्रथम नगरसभाबाट वातावरण प्रदुषणमा शुल्क तोकिएको छ । वातावरणमा प्रदुषण फैलाउने चाउचाउ, लेज, कुरकुरे, ग्ट्खा र केरालगायतमा गरी ८५ लाख रुपिया“ शुल्क संकलन हुने अनुमान छ । उपमहानगरले गत वर्ष पनि वातावरण प्रदुषण शुल्कवापत् ५० हजार संकलन अनुमान गरे पनि संकलन गर्न सकेको थिएन ।

 

आन्तरिक आयमा एकीकृत सम्पत्तिकर ३ करोड १० लाख, घरबहाल कर ३० लाख, रजिष्टे«सन दस्तुर ३ करोड १५ लाख,  पटके सवारीकर २ करोड ४० लाख, वार्षिक सवारीकर १ लाख ५० हजार, विभिन्न प्रकारका दस्तुरहरु २ करोड ५७ लाख ५० हजार रुपिया“ आन्तरिक आम्दानी हुने अपेक्षा गरिएको छ ।

विज्ञापनकर ३० लाख, ब्यवसायकर ९० लाख, बक्यौता घरजग्गा कर तथा मालपोत  ५ लाख ५० हजार, जिल्ला समन्वय समितिबाट राजस्व बा“डफा“टवापत् प्राप्त हुने आय २ करोड २ लाख, अन्य ३ करोड ३७ लाख २० हजार आय अनुमान गरिएको उपमेयर लामाले बताइन् ।

बाह्य आयमा सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ५२ करोड ५५ लाख ९४ हजार अनुमान गरिएको छ । सरकारबाट प्राप्त हुने सशर्त अनुदान ३१ करोड ७१ हजार, नगर विकास कोषबाट प्राप्त अनुदान ८० लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने अनुदान ९० लाख, सरकारबाट सामाजिक सुरक्षा भत्ताबापत् प्राप्त हुने अनुदान १८ करोड ५० लाख र अन्य आय १० लाख अनुमान गरिएको उनले बताइन् ।

सबैलाई करको दायरामा ल्याउन नगरसभाले प्रयास गरेको छ । एकीकृत सम्पत्तिकर धेरैजसो नगरबासीहरूलाई लाग्ने कर भएकाले यथासम्भव प्रगतिशील करदर कायम गर्ने प्रयास गरिएको छ । मालपोत कार्यालयले रजिष्ट्रेसन पारित प्रयोजनका लागि वार्षिकरुपमा कायम गर्ने जग्गाको मूल्यलाई आधार मानी सम्पत्ति मूल्यांकन गर्ने गरिएको छ ।

अन्य करमा बृद्धि गरिए पनि महिला उद्यमीले सञ्चालन गर्ने उद्योगको दर्ता दस्तुरमा निर्धारित दस्तुरको ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । माटाका भा“डा बिक्री गर्ने तथा हस्तकलाका सामान बिक्री गर्ने ब्यवसायीलाई प्रवद्र्धन गर्ने उद्धेश्यले साबिकको कर दरमा केही कम गरिएको छ ।

घर तथा अन्य प्रकारका संरचनाको नक्सापास गर्दा लाग्ने दस्तुरमा भूउपयोग, भौगोलिक विशेषता, संरचनाका किसिमसमेतलाई विचार गरी मुख्य शहरी क्षेत्र केन्द्रित हुने गरी सम्भव भएसम्म प्रगतिशील दर कायम गर्ने प्रयास गरिएको छ ।

जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरबाट अगामी आवमा राजस्व बा“डफा“टबापत् प्राप्त हुने आयमा उल्लेख्य बृद्धि हुने अनुमान गरिएको छ । मालपोत कार्यालय मकवानपुरबाट रजिष्ट्रेसन शुल्कबापत् प्राप्त हुने आयलाई सामान्य बृद्धि हुने अनुमान गरी पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्