ओली र जिब्रो



 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय हाइहाइ भइरहेको कुरा स्थानीय तहको हालैको चुनावको परिणामले पनि देखाइसकेको छ। उहाँको अडानमा एकरूपता छ भन्ने कुरामा सबै सहमत पाइन्छन्। नेतृत्व तहमा हुनुपर्ने गुण भनेको आवश्यक अडान र आवश्यकताअनुसारको लचकता पनि हो भनिन्छ। त्यो उहाँमा थोरबहुत भएको देखिन्छ।

तर, गएको मंगलबार राजधानीको एउटा कार्यक्रममा बोल्दै उहाँले एमालेले चुनाव जित्यो भनेर राष्ट्रपतिको गाडीको कुरा उठाएको भनेर भन्नुभएको समेत सुनियो। एमाले र राष्ट्रपतिलाई अहिले जोड्न उपयुक्त हो र भन्या ? राष्ट्रपतिलाई अझै कमरेडले एमाले नै ठान्नु हुन्छ कि के हो ? यो चाहिं अलि मिलेन कि जस्तो लाग्यो है। राष्ट्रपतिको पृष्ठभूमि जेसुकै भए पनि उहाँ अब सबै नेपाल र नेपालीको राष्ट्रपति हो। स्थानीय तहमा १ नम्बर पार्टी भइसकेको पार्टीका अध्यक्षले नै यसरी राष्ट्रपतिलाई एउटा दायरामा मात्रै सीमित गर्न खोज्नु अलि कुरा मिलेन कि ? उहाँलाई स्वतन्त्र ढंगले प्रतिवाद गर्न दिऔं न होऊ।

अझ राष्ट्रपति सेरेमोनियल हुने हुँदा उहाँ विवादमा आउनु भनेको सरकार विवादमा आउनु हो। प्रधानमन्त्रीले पो प्रतिवाद गर्नुपर्छ। ठूला पदलाई जहिले पनि राजनीतिसँग नमुछ्दा राम्रो हुन्छ कि ? ओली कमरेडलाई धरहराले यस्ता कुरा सिकाइ रहनुपर्ने त होइन। तर, उहाँको हाड नभएको जिब्रो लटपटिएको हो कि भनेर धरहराले यसो संझाएको है ,अन्यथा नमानियोस्।

प्रतिक्रिया दिनुहोस्