सिमा नाका बाट तस्करी लाई प्रोत्साहन गरेको आरोपमा असई निलम्बित



सञ्जय कार्की, रौतहट ।

सिमा नाका बाट तस्करी कार्य लाई प्रोत्साहन गरेको आरोपमा रौतहटका एक जना प्रहरी सहायक निरिक्षक निलम्बनमा परेका छन ।

ईलाका प्रहरी कार्यालय शिबनगरमा दरबन्दि भई प्रहरी चौकी बडहरवामा कार्यरत रहेका प्रहरी सहायक निरिक्षक हरेन्द्र राउत कुर्मीले सिमा नाका बाट राजश्व छलीका सामान आयात निर्यात गर्न मिलोमतो राखेको आरोपमा निलम्बनमा परेका हुन ।

उनी सहितका प्रहरीले असाढ १६ गते तस्कर संगको मिलोमतोमा पशु चौपाया लगायतका सामान आयात निर्यात गरेको आरोपमा मध्यक्षेत्रिय प्रहरी कार्यालय हेटौडाको निर्णयले निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीको मर्म बिपरित उनले आचरण बिपरितको कार्य गरेकाले छानबिनको लागि निलम्बन गरिएको प्रहरी नायब उपरिक्षक नबिनकृष्ण भण्डारीले बताउनु भयो । भारतीय बजारबाट सर्लाही र रौतहटको सीमा क्षेत्र बागमती नदी हुँदै अबैधरुपमा ल्याइएका राँगा एवम् भैंसी रौतहट पु¥याउन तस्करलाइ प्रहरी सहायक निरीक्षक कुर्मीले सहयोग गरेको खुल्न आएपछि उनी निलम्बनमा परेका हुन ।

प्रहरी सहायक निरीक्षक कुर्मीले प्रयोग गर्ने मोबाइलको कल डिटेलको आधारमा तस्करसंगको मिलोमतो रहेको खुलेको हो ।

 

प्रतिक्रिया दिनुहोस्