धरान उपमहानगरमा एमाले विजयी : तारा सुब्बा बने मेयर



धरान, (नेस) ।
सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

सोमबार साँझ सकिएको मतगणाना अनुसार धरानको मेयरमा तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारी उपमेयरमा निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित राईले २० हजार ९७५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका तिलक राईले १६ हजार २०२ र माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत पाएका छन् ।

उपमेयरमा एमालेकी मन्जु भण्डारी सुवेदीले २१ हजार २५६ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी श्यामा रेग्मीले १४ हजार एक सय ९७ मत पाइन् । उपमेयरमा संघीय समाजवादी फोरम नेपालका पारस राईको पक्षमा ५ हजार १८१ मत परेको छ ।

उपमहानगरको २० मध्ये १४ वडा एमालेले जितको छ भने ५ मा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको छ ।

एमाले वडा न। ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० एमालेले जितेको छ ।

त्यस्तै कांग्रेसले १, २, ५, १४ र १८ जितेको छ भने माओवादी केन्द्रले वडा नं। १७ जितेको छ ।

प्रतिक्रिया दिनुहोस्